default_image

8 years ago

April 22, 2018

‘एसियाड हाम्रो खेलाडीले मात्र खेल्छन्,’– तेक्वान्दो संघ

206 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– आफु मातहतमा रहेका खेलाडीले मात्र भदौंमा इन्डोनेसियाको जाकार्तामा आयोजना हुने एसियाली खेलकुद (एसियाड) मा भाग लिन पाउने नेपाल तेक्वान्दो संघले प्रष्ट पारेको छ । तेक्वान्दो संघ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता रहेको अर्को संघ राष्ट्रिय तेक्वान्दो युनियनले पनि एसियाडका लागि खेलाडी छनोट गरेपछि तेक्वान्दोको सहभागितामा अन्यौलता सृजना भएको छ ।

दुई संघले छनोट गरेका खेलाडीबीच अन्तिम छनोट गराइ एसियाड भाग दिलाइने राखेपकै जिम्मेवार पदाधिकारी औपचारिक अनौपचारिक रुपमा बताउँदै आएपछि तेक्वान्दोमा विवाद देखिएको हो । एसियाडमा सहभागिताका विषयमा परेको विवाद यो नयाँ भने होइन ।यसअघि सन् २०१४ को इन्चोन एसियाडमा नेपालका दुई वटा कराते टोलीले भाग लिएको थियो ।

एउटा राष्ट्रिय मान्यता र अर्को अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल कराते महासंघले छनोट गरेका खेलाडीले अलग अलग टिम बनेर सहभागिता जनाएका थिए । यस पटक त्यस्तो विवाद पर्ने देखिएपछि तेक्वान्दो संघले आफ्नो धारणा सार्वजनिक गर्न आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो । ‘एसियाडको सहभागिता प्रक्रिया अघि बढिसकेको छ,’ तेक्वान्दो संघका महासचिव दीपराज गुरुङले भने,‘ हाम्रो संघ अन्तर्गत रहेका खेलाडीले मात्र एसियाड खेल्न पाउनेछन् ।’

विभिन्न सञ्चारमाध्यममा दुई तेक्वान्दो संघका खेलाडीबीच अन्तिम छनोट हुने भन्ने समाचार प्रकाशित भएकोतर्फ संघको ध्यानकार्षण भएको उल्लेख गर्दै महासचिव गुरुङले भने,‘ अलग संघका रुपमा राखेपका दर्ता भएका कुनै पनि संघले गरेको काममा हामीलाई आपत्ती छैन । तर कुनै संघले हाम्रो काममा दख्खल दिन्छ भन्ने त्यसमा हेरेर बस्न सकिन्न । फेरि छनोट हुने कुनै सम्भावना छैन । हामीले खेलाडी छनोट गरेर प्रशिक्षणलाई अघि बढाइसकेका छौं ।’

तेक्वान्दोका विषयमा राखेप वा नेपाल ओलम्पिक कमिटी (एनओसी) ले अहिले सम्म आधिकारीक धारणा प्रस्तुत गरेको छैन । नेपालमा विश्व तेक्वान्दो महासंघ (डब्लूटिएफ) र एसियन तेक्वान्दो युनियनले प्रकाश शम्सेर राणा अध्यक्ष र गुरुङ महासचिव रहेको संघलाई मात्र मान्यता दिएको छ । २०४६ सालमा राखेपमा २७ औं संघका रुपमा दर्ता भएको त्यहि संघ एनओसीमा पनि आबद्ध छ ।

तत्कालिन राखेप सदस्य सचिव युवराज लामाको समयमा राष्ट्रिय तेक्वान्दो युनियन (हाल राष्ट्रिय तेक्वान्दो युनियन) लाई संघको रुपमा राखेपमा दर्ता दिएपछि तेक्वान्दोमा विवाद सृजना भएको थियो । एउटा खेलको एउटा मात्र संघलाई दर्ता दिइने भन्ने आफ्नै ऐनलाई समेत लत्याउँदै राखेपले त्यति बेला युनियनलाई संघको रुपमा दर्ता दिएको थियो ।

तत्कालिन सदस्य सचिव लामाले युनियनलाई दर्ता दिनु आफ्नो कार्यकालको गल्ती भएको स्वीकारेका थिए । तत्कालिन राजनीतिक परिस्थितिको दबाबमा लामाले दर्ता दिएको बताइने गरेको छ । तेक्वान्दो नेपालको सफल खेल मध्येको एक हो । दक्षिण एसियाली खेलकुद (साग) मा लगातार ४ स्वर्ण पदक र एसियाडमा २ कास्य पदक जित्ने ओपम्पियनलगायत थुप्रै खेलाडी तयार पारेको तेक्वान्दो संघमाथि अहिले विवादमा तानिनु दुःखद भएको संघले जनाएको छ ।

सागमा मात्र नेपालको तेक्वान्दोले अहिले सम्म २४ स्वर्ण, १४ रजत र ६ कास्य गरि ४६ वटा पदक जितिसकेको छ । तेक्वान्दो खेलाडी सविता राजभण्डारीले सन् १९९८ बैंकक एसियामा दिलाएको रजत पदक अहिले सम्म नेपाल खेलाडीले प्राप्त गरेको सबैभन्दा ठूलो पदक हो ।

तेक्वान्दोमा मात्र नेपालले एसियाडमा १ रजत र १२ कास्य पदक जितिसकेको छ जनाउँदै संघले भनेको छ,‘ १९८८ सिओल ओलम्पिकमा समावेश प्रदर्शन तेक्वान्दोमा विधान लामाले कास्य पदक जितेका थिए । त्यस्तै नेपालका लागि छनोट चरण पार गरेर ओलम्पिक खेल्नेमा संगिना वैद्य र दीपक विष्ट रहेका छन् । यसैबीच, संघका अध्यक्ष राणाले संघ छाडेर युनियनमा जाने रेफ्रीहरुलाई स्पष्टीकरण सोधिने बताएका छन् ।

संघका सचिव दीपक विष्टले तेक्वान्दोको सफल इतिहासलाई चुनौति दिने गरि विवाद सृजना गरिएकोमा संघको गम्भिर ध्यानाकषर्ण भएको र कसैलाई पनि भ्रममा नपर्न आग्रह गरेका छन् । ‘हामी जस्ता सयौं खेलाडी तयार पारेको संघलाई अहिले राजनीति र व्यक्तिगत महत्वकांक्षाका आधारमा विवादमा पार्ने प्रयास भइरहेको छ,’ संघका प्रवक्ता समेत रहेका विष्टले भने,‘ यसरी विवादमा पर्दा कुनै पनि खेलको विकास हुन सक्दैन । यसमा सम्बन्धित सबैको ध्यान जान जरुरी छ । ’

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.