default_image

8 years ago

May 11, 2018

राष्ट्रिय च्याम्पियन नङ्शल जेशिकासँग पराजित

212 views

0 Bookmark

झापा (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन नङ्शलदेवी तामाङ झापाकी जेशिका गुरुङसँग पराजित हुदै सातौ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाएनलबाटै बाहिरिएकी छिन् ।

नेपाल नम्वर एक महिला खेलाडीसमेत रहेका नङ्सल जेसिकासँग १४–२१, २१–१५ र २१–१६ ले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएकी हुन् । जेसिका महिला यु–१९ को पनि फाइनलमा पुग्न सफल भएकी छिन् ।

खेलकुद महासंघ, राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा ईटहरीमा भएको प्रतियोगितामा नवौं स्थानमा रहेकी जेशिकाले अब फाइनलमा सेनाकै रसिला महर्जनसँग प्रतिस्पधर्मा गर्नेछिन् । रसिलाले झापाकी सुनैना मुखियालाई २१–६ र २१–१७ ले पराजित गरिन् ।

१४ बर्षिय खेलाडी रशिलाले प्रतियोगिता जितेमा कम उमेरमा सिनियर खेलमा प्रतियोगिता जित्ने खेलाडी बन्ने राष्ट्रिय ब्याडमिन्टन संघका अध्यक्ष बिरेन्द्र श्रेष्ठले बताए ।

महिला जोडीमा झापाकी जेसिकाले सुनैना मुखियासँग मिलेर सेनाका रशिला महर्जन र अमिता गिरीको जोडीलाई २१–१६, १७–२१ र २१–१७ ले पराजित गर्दै फाईनल यात्रा तय गरिन् । यो जोडीले उपाधिका लागि सेनाका नङ्शल देवि तामाङ र अनुमाया राईको जोडीसँग प्रतिस्पर्धा गर्नेछिन् ।

 

महिला यु १९ मा जेशिकाले उपाधीका लागि सेनाकी रशिला महर्जनलाई पन्छाउनु पर्नेछ । जेशिकाले बिराज ब्याडमिन्टन क्लबकी रोज पाण्डे माथि २१–९, २१–५ को जित निकाल्दा १४ बर्षिय रशिलाले बिराट ब्याडमिन्टन क्लबकै शिमा राजबंशीलाई २१-११, २१-१६ले पराजित गरिन् ।

ईटहरी काभ्य बाटिकास्थित इटहरी ब्याडमिन्टन क्लबको हलमा भएको प्रतियोगिताको पुरुष एकलतर्फ सेनाका रत्नजित तामाङ्ग र एपिएफका दिपेश धामी पुन एक पटक फाईनलमा आमने सामने हुने भएका छन् । रत्नले भोजपुरका बिकास श्रेष्ठलाई २१–१८, २१–१५ ले पाखा लगाउंदा उनका प्रतिद्वन्दि धामीले सेनाका नविन श्रेष्ठलाई १४–२१, २१–८ र २१–१५ ले पन्छाउन सफल भए ।

पुरुष जोडी तर्फ सेनाका रत्न र नविन श्रेष्ठको जोडी फाईनल प्रवेश ग¥यो । सेनाका जोडीले पुलिसका बिष्णु कटुवाल र जीवन आचार्यको जोडीलाई २१–१४, २१–१७ले पराजित ग¥यो ।

यस्तै अर्को सेमिफाईनल खेलमा एपिएफका दिपेश धामी र बिजित थापा मगरको जोडीले सेनाका सुरोज महर्जन र प्रफुल महर्जनको जोडीलाई २१–१९, २१–१८ ले पराजित गर्दै फाईनल यात्रा तय गरे । पुरुषको यु १९ तर्फ सेनाका प्रफुल महर्जन र रुकेश फाइनलमा प्रवेश गरेका छन् ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.