7 years ago
August 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – इन्टरनेसनल नेप्लिज तेक्वान्दो एसोसिएसन(इन्टा) हङकङले नेपाली राष्ट्रिय ह्वीलचियर तेक्वान्दो टिमलाई खेल पोसाक प्रायोजन गरेको छ ।

इन्टा हङकङका अध्यक्ष राजु खड्काले ह्वीलचियर राष्ट्रिय तेक्वान्दो टिमलाई करिब ५० हजार बराबरको तेक्वान्दो पोसाक प्रायोजन गरेको प्रशिक्षक कल्याण कुँवरले जानकारी दिए ।
बुधबार जावलाखेलस्थित नेपाल तेक्वान्दो संघ प्रदेश–३ को कार्यक्रम आयोजित कार्यक्रममा बीच खेलाडीलाई खेल सामाग्री प्रदान गरिएको थियो । खड्काका प्रतिनिधी सृजिएन गुरुङले उक्त सामाग्री तेक्वान्दो संघ प्रदेश–३ का अध्यक्ष केशव पुरी, पारा तेक्वान्दो प्रशिक्षकद्वय कल्याण कुँवर र कविराज नेगी लामालाई हस्तान्तरण गरेका थिए ।
खड्का हाल हङकङमा रहेकाले उनका प्रतिनिधीले खेल सामग्री प्रदान गरेका हुन् ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]