7 years ago
August 31, 2018
जाकार्ता (हाम्रो खेलकुद) – एसियन गेम्स अन्र्तगतको जुडोको ७८केजी तौल समूहमुनि नेपालकी पुनम श्रेष्ठ रेपिचेजमा पराजित भएकी छन् जेसीसी प्लेनरी हलमा शुक्रबार भएको खेलमा पुनम रेपिचेजमा काजकस्तानकी जरिना राइफोभासँग १०–३ ले पराजित भइन् ।
३ मिनेट २ सेकेन्ड टिकेकी पुनमले ३ सिदो पाइन् । पुनमले पनि विपक्षी खेलाडीमाथि १ सिदो लिन सफल भएकी थिइन् ।
यसअघि क्वाटरफाइनलमा युजिन पार्कसँग १०–२ ले पराजित भएपनि युजिन फाइनलमा पुगेका कारण पुनमले रेपिचेजको मौका पाएकी थिइन् । पुनम पार्कसँगको खेलमा २ मिनेट ४४ सेकेन्ड टिकिन् ।
पुरुष ९० केजी तौल समूहमुनि श्रीराम मकाजु प्रि–क्वाटरफाइनलमा ताजिकिस्तानका कोमरोनसोख उट्सोपिरियोनसँग ११–२ ले पराजित भए । मकाजु विपक्षी खेलाडीसँग मात्रै १ मिनेट ५३ सेकेन्ड मात्रै टिक्न सफल भए ।

पुरुष १०० केजीमुनिको प्रि–क्वाटरफाइनलमा रविन श्रेष्ठ उज्वेकिस्तानका शेराली जुरेभसँग १०–२ ले निराश बने । श्रेष्ठ ३ मिनेट २ सेकेन्डमा इप्पोन (नकआउट) भए ।
जुडोमा यसअघि नेपालका फूपुल्हामु खत्री, मनिता श्रेष्ठ प्रधान, सज्ति डंगोल, इन्द्र बहादुर श्रेष्ठ र देविका खड्का पराजित भैसकेका छन् ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]