default_image

7 years ago

March 26, 2019

स्वर्ण विजेता अजितलाई सम्मानसँगै ५ कर्पोरेट हाउसको प्रायोजन

216 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली एथलेटिक्समा ४५ वर्षपछि ऐतिहासिक स्वर्णपदक दिलाएका युवा खेलाडी अजित कुमार यादवलाई नेपाल एथलेटिक्स संघले मंगलबार सम्मान गरेको छ ।

संघले मंगलबार राजधानीमा एक कार्यक्रममा बीच एक थान टिभीएस मोटरसाइकल र सम्मानपत्रले सम्मानित गरेको हो । यस्तै उनका प्रशिक्षक धनीराम चौधरीलाई पनि संघले १ लाख रुपैयाँसहित सम्मानित गरेको छ । स्वर्ण विजेता अजितलाई संघका अध्यक्ष राजीवविक्रम शाहले मोटरसाइकलको चावी हस्तान्तरण गरे ।

उनलाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, गोल्छा अर्गनाइजेसनका शेखर गोल्छा, नविल बैंकका सिइओ अनिल केशरी शाह, जावलाखेल ग्रुप अफ इन्ड्रष्टिजका प्रतिनिधि, गोल्डस्टारकी विधुशी राणा, राष्ट्रिय खेलकुद परिषदका सदस्य इन्दिरा निरौला उपाध्यय लगायतले बधाई तथा सम्मान व्यक्त गरे ।

अजितले गत आइतबार हङकङमा भएको तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा नेपाललाई ऐतिहासक स्वर्ण दिलाएका थिए । घरेलु प्रतियोगितामा नेपाल एपीएफ क्लबबाट खेल्ने उनले पुरुष ३ हजार मिटर दौडमा स्वर्ण हात पारेका थिए । यो स्पर्धामा खजितसहित १२ राष्ट्रका १५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

राजविराजका १७ वर्षीय अजितले निर्धारित दुरी ८ मिनेट ३०.३२ सेकेन्डमा पूरा गरे । उनले भारतका अमित जान्गिरलाई ६ सेकेण्डले पछि पारे । यो समयसँगै अजितले आफ्नै नाममा रहेको जुनियर राष्ट्रिय कीर्तिमान पनि सुधार गरेका थिए । यसैवर्ष राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको केन्द्रीय विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा अजितले ८ मिनेट ४४.९ सेकेन्डको जुनियर राष्ट्रिय कीर्तिमान बनाएका थिए । सिनियर भने यो कीर्तिमान ज्ञानबहादुर बोहराको नाममा छ । उनले १९९९ मा भारतको नयाँ दिल्लीमा भएको एथलेटिक्स च्याम्पियनसिपमा ८ मिनेट २३.५९ सेकेन्डको कीर्तिमान रचेका थिए ।

अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघ (आईएएएफ) द्वारा मान्यता प्राप्त र एसियाली एथलेटिक्स महासंघले आयोजना गर्ने अफिसियल एसियाली च्याम्पियनसिपमा नेपाली खेलाडीले जितेको यो पहिलो स्वर्ण हो । समग्रमा भने यो दोश्रो पदक हो । ४५ वर्षअघि (१९७३) फिलिपिन्सको मनिलामा भएको एसियाली ट्रयाक एन्ड फिल्ड च्याम्पियनसिपमा जितबहादुर केसीले म्याराथनमा कास्य जितेका थिए । त्यो कांस्य अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले जितेको पहिलो पदक पनि हो ।

अजितलाई ५ कर्पोरेट हाउसको प्रायोजन

नेपाली युवा खेलाडी अजित यादवलाई विभिन्न ५ कर्पाेरेट हाउसहरुले १ वर्षको लागि प्रायोजन गरेको छ । अजितलाई एक वर्षको प्रायोजन गर्ने कर्पोरेट हाउसहरुमा गोल्छा अर्गनाइजेसन, नविल बैंक, रुस्लान, गोल्डस्टार र होटल अन्नपुर्ण रहेका छन् । उनीहरुले मासिक समान १२–१२ हजारका दरले कुल ६० हजार रुपैयाँ उपलब्ध गराउने छन् । यसको घोषणा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले गरे । यस्तै अन्नपुर्ण होटेलले १ वर्षको लागि २ लाख बराबरको स्विमिङसँगै जिम र साउना उपलब्ध गराउने बताए ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.