default_image

7 years ago

April 1, 2019

ऐतिहासिक आठौं र प्रदेश ५ को ‘गर्मी’

206 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

अनेक आरोह अवरोहलाई पार गर्दै अन्तत: वैशाख ५ गतेदेखि आठौं राष्ट्रिय खेलकुद प्रदेश ५ मा सुरु हुने पक्का भएको छ । आयोजना गर्ने जिम्मेवारीलाई ‘मिसन आठौं’ को नारासहित सातौं राष्ट्रिय खेलकुद सकिएको भोलिपल्ट देखि नै निर्धारित मितिमा गर्न आयोजक समिति लागिपर्यो । अनेक बाधा अड्चन पार गर्दै चैत २७ देखि खेल सुरु हुनेगरि दुई वर्षको अन्तरालमै आठौं राष्ट्रिय खेलकुद आयोजना गर्दै नेपाली खेलकुदमा नयाँ इतिहास लेखिंदैछ ।

समयमै बजेट उपलब्ध नहुनुले भौतिक पूर्वाधारको कार्यमा बाधा आएपनि राखेपको आन्तरिक स्रोत मिलान गरेर आयोजक समितिले निर्माणकार्यमा रोक आउन दिएन । राज्यको नीतिमै राखिएको भौतिक पूर्वाधार निर्माणको लागि तोकिएको १५ करोड रुपैयाँ आजसम्म पनि प्राप्त भएको छैन । चोखो शीर्षकको रकम उपलब्ध भइनसक्दा पनि राखेपले निर्माण कार्य अगाडी बढाउँदै अन्तत: प्रतियोगिता आयोजना गर्न हुने पूर्वाधार भने निर्माण गरेको छ ।

आठौंलाई समयमा नै आयोजना गर्न अहोरात्र खटेका प्रदेश ५ का संयोजक भीम ओली नेपाली खेलको इतिहासमा आठौंले बेग्लै नजिर राख्ने प्रयास सफल भएको बताउँछन् । ‘हामीले आयोजनाको जिम्मेवारी लिएको दिनमा नै २ वर्षभित्र आयोजना गर्ने दावी गरेका थियौं । खेलकुदमा वेथिति अन्त्य गर्ने र इच्छाशक्ति भएमा आँटेको कार्य पुरा गरेर देखाउने हाम्रो लक्ष्य थियो । लामो समयको मिहिनेतपछि तोकिएको समयमा नै खेल सुरु गरेर नयाँ इतिहासको संघारमा छौं । चैत २७ गते ५ खेल सुरु भएसँगै नेपाली खेलकुदले नयाँ इतिहास पाउनेछ,’ उनले भने ।

पूर्वाधार तयार नहुँदा पटक-पटक मिति सार्दा समयमा आयोजना हुने-नहुनेमा नै प्रश्न उठेको थियो । संयोजक ओलीका अनुसार त मिति नतोक्दासम्म नेपालगंज नै  दुई ध्रुवमा बाँडिएको थियो । ‘विविध कारणले राष्ट्रिय खेलकुदको मिति पटक पटक सर्यो । मुख्य अवरोध आवश्यक पूर्वाधार निर्माण नहुनु थियो । वर्षाका कारण जाडो याममा पनि अपेक्षित गतिमा निर्माणकार्य अगाडी बढ्न सकेन । फाल्गुन-चैतमा मिति नातोकिंदा निकै समस्या भयो, नेपालगंज नै दुई ध्रुवमा बाँडिएको आभास भयो,’ उनले भने, ‘मिति तोकिएपछि भने अब सबै एक भएका छौं । कसरि आफ्नो स्थानबाट उठेर आठौं सफल गर्न सकिन्छ भन्ने सारा प्रदेश लागिपरेको छ ।’

संयोजक ओली भौतिक पूर्वाधार निर्माण गर्नेमा आर्थिक रुपमा सबल नहुँदा केहि समस्या परेको बताउँछन् । ‘ बजेट समयमा आउने अपेक्षा गरेर धेरै कार्य सुरु गरेका थियौं । समयमा बजेट उपलब्ध नहुँदा सबै काम सम्पन्न हुन सकेन । मौसमको समस्याले पनि केहि असर गर्यो’, उनले थपे, ‘ प्रतियोगिता आयोजना गर्न सक्षम पूर्वाधार तयार भएका छन् । केहि निजि क्षेत्रको स्थानलाई पनि खेलस्थलका रुपमा प्रयोग गर्दैछौं । प्रतियोगिता आयोजनमा भने कुनै समस्या आउने छैन ।’

वैशाख ५ गतेदेखि सुरु हुने राष्ट्रिय खेलकुदको मौसमको विषयमा भने पछिल्लो समय निकै चिन्ता व्यक्त हुन थालेको छ । यस विषयलाई पनि आयोजकले गम्भीर रुपमा लिएको संयोजक ओलीले जानकारी दिए । ‘ नेपालगन्जको मौसम पक्कैपनि यो समयमा गर्मी नै हुन्छ । हामीले आवास र सवारीसाधनको व्यावस्थापनमा एसीयुक्त होटेल र बसको व्यवस्था गरेका छौं । खेल आयोजना पनि सकेसम्म विहान र बेलुका गर्ने प्रयासमा छौं,’ उनले भने, ‘ सम्भव भएसम्म रातको समयमा बत्ति बालेर खेल्न सक्ने खेलहरु त्यसैअनुसार आयोजना गर्नेछौं । मौसमको प्रतिकुलतालाई चिर्न हामीले सक्दो प्रयास गरेका छौं ।’

आयोजकले गर्मी मौसममा सहज बनाउन आफ्नो सक्दो प्रयास गर्ने बताएको छ । भौतिक पूर्वाधार खेल आयोजनाका लागि उपयुक्त रहेको राखेप सदस्य सचिव केशवकुमार विष्टले केहि दिनअघि आयोजित पत्रकार सम्मेलनमा बताए । समयमा नै राष्ट्रिय खेलकुद गर्दा यसपछिका संस्करण आयोजना गर्नेलाई पनि दवाव हुने र खेल पूर्वाधार विकास निर्माणका कार्यले पनि गति लिनेछन् । समयमै राष्ट्रिय खेलकुद आयोजना गर्दा सबै पक्षलाई फाइदा पुग्नेछ । जसोतसो आठौं राष्ट्रिय समयमा सुरु भएको छ । यसको सफलताबारे विश्लेषण आयोजनापछि होला तर कम्तिमा समयमै आयोजना गरेर आठौंले एउटा इतिहास भने रचिसकेको छ ।

आठौंको खेल तालिका :

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.