default_image

7 years ago

April 9, 2019

आठौंको देशव्यापी ओलम्पिक टर्च र्याली कार्यक्रम तय

216 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश ५ मा वैशाख ५ गते उद्घाटन हुने आठौं राष्ट्रीय खेलकुदको ओलम्पिक टर्च र्यालीको सम्पूर्ण कार्यक्रम सार्वजनिक भएको छ ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को व्यवस्थापनमा हुने र्याली २९ गतेदेखि सुरु हुनेछ । प्रदेश१ को विराटनगर हुँदै देशव्यापी र्याली वैशाख ५ गते नेपालगंज रंगशालामा उद्घाटन दीप प्रज्वलन (ओलम्पिक टर्च) गरेपछि समापन हुनेछ । कार्यक्रममा १४ ओलम्पियनले सक्रिय सहभागिता जनाउने छन् ।

सबै प्रदेशका प्रतिनिधि ओलम्पियनले र्यालीमा सहभागिता जनाउनेछन् । उद्घाटन समारोहमा दिप प्रज्वलनको कार्यक्रम ओलम्पियन सुरेन्द्र हमालको हातबाट गर्न एनएनआईपीएले आयोजक समितिलाई सिफारिस गरेको छ । भारोत्तोलनका राष्ट्रिय पूर्व खेलाडी तथा पूर्व प्रशिक्षक हमाल नेपालगंजका हुन् । उनले सन् १९८४ को लास एन्जेल्स ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेका थिए । कार्यक्रमको सम्पूर्ण खर्च राष्ट्रिय खेलकुद परिषद (राखेप) ले बेहोर्नेछ ।

र्याली तालिका :
चैत २८ गते काठमाडौं बाट विराटनगर
चैत २९ गते प्रदेश नं १ विराटनगरमा विहान ८ बजे कार्यक्रम
चैत २९ गते प्रदेश नं २ धनपामा दिउसो १:३० बजे कार्यक्रम
चैत ३० गते प्रदेश नं ३ हेटौंडा मा विहान ८ बजे कार्यक्रम
चैत ३० गते प्रदेश नं ३ चितवन बाटोमा (बजारमा दौडने)
चैत ३० गते बेलुकी पोखरा पुग्ने
वैशाख १ गते प्रदेश न ४ पोखरामा विहान ८ बजे कार्यक्रम
वैशाख १ गते लुम्बिनी पुगने
वैशाख २ गते विहान लुम्बिनीमा दिपप्रज्वल गर्ने
वैशाख २ गते प्रदेश नं ५ बदनाम ११ वजे कार्यक्रम
वैशाख २ गते बेलुकी मम्म कोहलपुर अथवा सुर्खेत पुगेर बस्ने भोलि पल्ट
वैशाख ३ गते विहान ९ बजे सुर्खेतमा प्रदेश ६ को कार्यक्रम
वैशाख ३ गत धनगढ़ी आईने
वैशाख ४ गते प्रदेश नं ७ धनगढी कैलालीमा ८ वजे कार्यक्रम
वैशाख ४ गते नेपालगंज आईपुग्ने
वैशाख ५ गते नगरपरिक्रमासहित नेपालगंज रंगशालामा दप प्रज्वल गाने
वैशाख ६ गते विहान नेपालगज बाट काठमाण्डौ आउने ।

र्यालीमा सहभागी हुने ओलम्पियनहरु:
जितबहादुर केसी
हरिबहादुर रोकाया
सुरेन्द्र हमाल
पुष्पराज ओझा
डम्बर कुँवर
दीपक विष्ट
विष्णुबहादुर सिंह
डम्बर दत्त भट्ट
संगिना वैध
विमला रानामगर
पार्वती थापा
मेनुका रावत
अनिता श्रेष्ठ
कमलबहादुर अधिकारी

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.