default_image

10 years ago

September 11, 2015

मन्त्रि पौडेललाई कार्वाहि गर्न अख्तियारको निर्देशन

196 views

0 Bookmark

राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिव नियुक्तीमा स्वेच्छाचार र ग्रैह कानुनी निर्णय गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई कारवाही गर्न प्रधानमन्त्री सुशिल कोइरालालाई पत्राचार गरेको छ ।

दक्षिण एशियाकै एकमात्र ओलम्पिक संग्रहालयको शुभारम्भगर्दै खेलकुद मन्त्रि पुरुषोत्तम पौडेलको | तस्बिर - राखेप

दक्षिण एशियाकै एकमात्र ओलम्पिक संग्रहालयको शुभारम्भगर्दै खेलकुद मन्त्रि पुरुषोत्तम पौडेलको | तस्बिर – राखेप

राखेपका अध्यक्ष रहेको पौडेलले आफ्नो पार्टी नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघका उपाध्यक्ष केशवकुमार विष्टलाई सदस्य सचिवमा नियुक्त गरेका थिए । विष्टको नियुक्तीसँगै एमाले अध्यक्ष केपी ओलीसहितका नेताको आलोचना खेपेका मन्त्री पौडेलका पक्षमा माधव नेपाल पक्ष उत्रिएपछि त्यति बेला मन्त्रीबाट पदच्युत हुनबाट जोगिएका थिए । गतवर्ष दक्षिण कोरियामा सम्पन्न इन्चोन एसियाली खेलकुदमा सहभागिमध्ये सेपाकताक्रो, उसु, एथलेटिक्स खेलाडी भनेपछि मन्त्री पौडेलकै अध्यक्षमा रहेको समितिले सम्बन्धित खेलका व्यवस्थापकलाई एक बर्ष कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताभा भाग लिनबाट बञ्चित गरेको थियो । सेपाकताक्रोको व्यवस्थापकका रुपमा विष्ट कोरिया पुगेका थिए । तर आफ्नै नेतृत्वको समितिले गरेको निर्णयलाई वेवस्था गर्दै मन्त्री विष्टलाई सदस्य सचिव नियुक्त गरेका थिए ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.