default_image

2 years ago

December 28, 2021

एनओसी साधारण सभामा सर्वोच्चको आदेशको चर्चा

काठमाडौं (हाम्रो खेलकुद)– युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले सर्वोच्च अदालतले पछिल्लो आदेशले नेपाली खेलकुदमा दीर्घकालिन असर परेको बताएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) को १२ औं साधारण सभाको मंगलबार उद्घाटन गर्दे मन्त्री गहतराजले भने, ‘देशको समग्र खेल क्षेत्रलाई प्रभावित पार्ने मुद्धालाई अग्रताधिकारमा राखेर हेर्नु पर्दछ ।’ सर्वोच्चले मन्त्री परिषद्ले कात्तिक ८ गते […]

59 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले सर्वोच्च अदालतले पछिल्लो आदेशले नेपाली खेलकुदमा दीर्घकालिन असर परेको बताएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) को १२ औं साधारण सभाको मंगलबार उद्घाटन गर्दे मन्त्री गहतराजले भने, ‘देशको समग्र खेल क्षेत्रलाई प्रभावित पार्ने मुद्धालाई अग्रताधिकारमा राखेर हेर्नु पर्दछ ।’

सर्वोच्चले मन्त्री परिषद्ले कात्तिक ८ गते टंकलाल घिसिङलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो । साथै घिसिङ र मन्त्री परिषद्बाट कात्तिक १ गते बर्खास्तमा परेका तत्कालिन सदस्य सचिव रमेश सिलवाललाई छलफलका लागि सोमबार बोलाइएको थियो । तर, सोमबार छलफल नभएको र माघ ३ गतेले पुनः बोलाइएको बताएको छ ।

मन्त्री गहतराजले राखेप सदस्य सचिवको विषयमा चाँडै समाधान हुनुपर्नेमा जोड दिदै भने, ‘अदालतले जस्तो निर्णय गर्छ, सरकार त्यसको पालना गर्न तयार छ । तर यसको जति सक्दो चाँडै फैसला हुने अपेक्षा छ ।’ एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुदको विषयमा तत्काल निर्णयमा पुग्ने काम हुनुपर्ने जनाउँदै भने, ‘खेलकुदका विषयमा निर्णय गर्न अदालतले विलम्ब गर्नु हुन्न ।’

एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले अहिले नेपाली खेलकुदमा अन्यौलता छाएको बताउँदै समाधान चाँडै भन्दा चाँडै आवश्यक रहेको जनाए । उनले १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि खेल संघलाई दिने भनिएको पुरस्कार रकम छिट्टै उपलब्ध गराउन आग्रह गरे । ‘अहिले नेपाली खेलकुद अन्यौलग्रस्त रहे पनि मन्त्रालय अन्तर्गत कमिटी बनाएर आसन्न राष्ट्रिय खेलकुद र एसियाली खेलकुदको तयारी सुरु गर्नु पर्छ ।’

एनओसीका पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधानले लामो प्रयासपछि ओलम्पिक आन्दोलन ठीक दिशामा पुगेकोमा खुसी गरे । सोही अवसरमा १३ औं साग र त्यसको मानवीय तथा सामाजिक दृष्टिकोणबाट अध्ययन गरेर प्रकाशित पुस्तकको विमोचन गरियो । साधारण सभाले एनओसी महासचिव श्रेष्ठले पेश गरेको सन् २०२१ को प्रगति विवरण र सन् २०२२ का कार्यक्रम तथा कोषाध्यक्ष रत्नकुमार टण्डनले आर्थिक वर्ष ०७७÷०७८ ले पेश गरेको आयव्यय विवरण र सन् २०२२ का लागि अनुमानित बजेट पास गरेको थियो ।

एनओसीका विभिन्न कमिसनका अध्यक्षहरूले पनि आफ्नो प्रगति विवरण साधारण सभामा पेश गरेका थिए । एनओसी सदस्य तथा मार्केटिङ कमिसनका अध्यक्ष गोपालसुन्दरलाल कक्षपतिले सन् २०२१ बाट एनओसीले नौ फरक विधामा अवार्डबारे जानकारी दिए ।एनओसीले अर्को वर्षदेखि पत्रकारिता अन्तर्गत छापा, मल्टिमिडिया, फोटो पत्रकारिता भ्युजल मिडिया, खेलतर्फ पुरुष र महिला, प्रशिक्षकमा पुरुष र महिला तथा खेलतर्फ उत्कृष्ट संघलाई अवार्ड प्रदान गर्ने जनाएको छ । त्यस्तै ओलम्पिक आन्दोलनमा टेवा पु¥याउनेमध्येमा पनि तीन विधामा सम्मान गरिनेछ ।

Success

Thank you for your time.