default_image

1 hour ago

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

67 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए।

पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर अफ द म्याच’ बने। लिग चरणका दुवै खेल जित्दै धरानले नकआउट चरणमा पुगेको छ ।

दोस्रो खेल आयोजक नेपाल पुलिस स्कुल साँगा (निलो) ले आफ्नै अर्को टिम नेपाल पुलिस स्कुल चितवनलाई २–१ ले हरायो।
खेलको पहिलो मिनेटमै साँगाले अग्रता बनाएको भए पनि ४४ औँ मिनेटमा चितवनका शितल अधिकारीले बराबरी गोल फर्काए। खेलको अन्त्यतिर राजेन्द्र भारतीले निर्णायक गोल गर्दै साँगालाई जित दिलाए।

दुई खेलमा दुई जितसहित एनपिएस साँगा (निलो) नकआउट चरणमा प्रवेश गरेको छ । चितवन १ खेल अगावै लगभग प्रतियोगिताबाट बाहिरिएको छ।

तेस्रो खेलमा पिस प्वाइन्ट स्कुलले बुढानीलकण्ठ स्कुललाई २–० ले पराजित गर्यो। पिस प्वाइन्टका लागि १७ औँ मिनेटमा हिमाल थिङ र २६ औँ मिनेटमा राहुल कुमार योंजोनले गोल गरे। उत्कृष्ट प्रदर्शनका लागि हिमाल थिङ ‘प्लेयर अफ द म्याच’ घोषित भए। भोलि लिग चरणका ३ खेल हुनेछन् ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.