default_image

1 hour ago

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

96 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ।

खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।
पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो।

रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ औं मिनेटमा फिल फोडेनले हेड मार्फत गोल गर्दै टोलीको जित निश्चित गरेका थिए।

यो जितसँगै सिटी (३१अंक)दोस्रो स्थानमा उक्लिएको छ । सन्डरल्यान्ड २३ अंकसहित तालिकाको सातौँ स्थानमा छ।

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एस्टन भिल्लाले शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ।

एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो।

त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल गरेका थिए। आर्सनलका लेन्ड्रो ट्रोसार्ले दोस्रो हाफ सुरु भएको सात मिनेटमै बराबरी गोल फर्काए।

खेल बराबरीमै सकिने देखिए पनि अन्त्यतिर भिल्लाले काउण्टर अट्याकमा पाएको मौका सदुपयोग गर्‍यो।

आर्सनलका गोलरक्षक डेविड रयाले यौरी टिलेमान्सको प्रहार रोकिदिए ।  फर्किएको बलमा बुएन्दियाले निर्णायक गोल गर्दै जित पक्का गरे।आर्सनल ३३ अंकसहित शीर्षमा छ। आर्सनलको भन्दा भिल्ला ३ अंकले मात्र पछि छ।

अन्य खेलमा एभर्टनले नटिङघम फरेस्टलाई ३-० ले, टोटनहमले ब्रेन्टफोर्डलाई २-०, न्युक्यासलले बर्नलीलाई‌ २-१ ले हरायो। बोर्नमाउथ र चेल्सीले गोलरहित बराबरी खेलेका छन्।

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

Success

Thank you for your time.