default_image

2 years ago

August 5, 2022

नवौं राष्ट्रिय खेलकुदमा आर्थिक चलखेलको आरोप

पोखरा (हाम्रो खेलकुद) – आगामी असोज अन्तिम साता गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ठूलो आर्थिक चलखेल हुन लागेको लोकतान्त्रिक खेलकुद संघले आरोप लगाएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना गर्न लागेको प्रतियोगितामा विभिन्न किट खरिदमा चलखेल हुन लागेको संघका अध्यक्ष देवेन्द्र शेरचनले आरोप लगाए । उनले प्रतियोगितामा हतारमा गर्न लागेको र […]

142 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – आगामी असोज अन्तिम साता गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ठूलो आर्थिक चलखेल हुन लागेको लोकतान्त्रिक खेलकुद संघले आरोप लगाएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना गर्न लागेको प्रतियोगितामा विभिन्न किट खरिदमा चलखेल हुन लागेको संघका अध्यक्ष देवेन्द्र शेरचनले आरोप लगाए । उनले प्रतियोगितामा हतारमा गर्न लागेको र तयारी विना नै आयोजना गर्न लागेका कारण चलखेल हुने सम्भावना रहेको सुनाए ।

पोखरामा शुक्रबार पत्रकार सम्मलेनको आयोजना गर्दै शेरचनले मिति परिमार्जन गर्न आवश्यक रहेको समेत बताए । ‘संसारको कुनैपनि देशमा राष्ट्रिय पर्वको बेला राष्ट्रिय प्रतियोगिता गरिदैन । यहाँ किन गरिँदैछ प्रतियोगिता?’ उनले प्रश्न गरे,‘जहाँ प्रतियोगिता हुँदैछ त्यहि ठाउँलाई नसमेटिनु दुःखको कुरा हो । हामी खबरदारी गराउन चाहन्छौ २ हजार पर्ने किट ६ हजार रुपैयाँ लगाएर नल्याइयोस् । जति लाग्ने हो त्यति लगाइयोस् ।’

३९ वर्षपछि पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन लाग्दा समेत गण्डकी प्रदेशमा उत्साह देखिएको छैन् । गण्डकीमा रौनतकता नहुनुको कारण पनि गण्डकीले जिम्मा नै नपाउनु हो । राखेपले मुल आयोजक समिति सहित १४ उपसमिति गठन गर्दा आयोजना हुने प्रदेशलाई कुनै ठाउँमा ओगटेको छैन् ।

‘यो प्रतियोगिता प्रतियोगिता आयोजनाका लागि मात्रै गर्न लागिएको छ । समय पनि अनुकुल भएन,’ शेरचनले भने,‘गण्डकीमा हुने प्रतियोगितामा गण्डकीलाई नै जिम्मेवारी दिइएको छैन् । सबै काठमाडौंले गर्ने भए प्रतियोगता यहाँ किन गर्नु ? १४ उपसमिति हुदाँ समेत कहि कतै गण्डकी समेटिएन् ।’ समारोह गर्ने प्रदेशमा नै प्रदेशका व्यक्ति नहुनु शंकास्पद र अमर्यादित रहेको उनको भनाइ छ ।

लोकतान्त्रिक खेलकुद संघ गण्डकीका अध्यक्ष हरिश्वर पोखरेलले नवौं प्रतियोगिताको समिति गठनमा ठूलो आर्थिक चलखेल भएको आरोप लगाए । उनले समितिमा बस्नकै लागि विभिन्न व्यक्तिले मोटो रकम समेत दिएको अरोप लगाए । ‘हामीले सुनेका छौं यो प्रतियोगिताको समितिमा बस्नका लागि ठूलो रकम दिइएको छ । त्यसकारण यो प्रतियोगितामा गण्डकी प्रदेश समेटिएको छैन,’ उनले भने । संघले ८ वटामाग सहित राखेपको कदम प्रति आपत्ति जनाएको छ ।

Success

Thank you for your time.