default_image

5 years ago

July 7, 2019

राखेप सदस्य सचिवमा सिलवाल आउने !

काठमाडौं (हाम्रो खेलकुद )- राष्ट्रिय खेलकुद परिषद् (राखेप ) सदस्य सचिवमा रमेश सिलवाल नियुक्त हुने भएका छन् । केशवकुमार बिष्टको ४ वर्षे कार्यकाल असार ९ गते पूरा भएपछि राखेप सदस्य सचिवको पद रिक्त थियो । प्रधानमन्त्री केपी ओलीका निकट मानिने सिलवालले मंगलबार पदभार ग्रहण गर्ने श्रोतले बतायो  । सिलवाललाई प्रधानमन्त्री, उप-प्रधानमन्त्री र खेलकुद मन्त्रीले नै […]

34 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद )- राष्ट्रिय खेलकुद परिषद् (राखेप ) सदस्य सचिवमा रमेश सिलवाल नियुक्त हुने भएका छन् ।

केशवकुमार बिष्टको ४ वर्षे कार्यकाल असार ९ गते पूरा भएपछि राखेप सदस्य सचिवको पद रिक्त थियो ।

प्रधानमन्त्री केपी ओलीका निकट मानिने सिलवालले मंगलबार पदभार ग्रहण गर्ने श्रोतले बतायो  । सिलवाललाई प्रधानमन्त्री, उप-प्रधानमन्त्री र खेलकुद मन्त्रीले नै पदमा बस्न आग्रह गरेपछि उनले पद सम्हाल्न राजी भएको स्रोतले जनायो ।

राजधानीको गोल्डेन गेट कलेजका सिईअो सिलवालले यसअघि क्रिकेट संघमा रहेर काम गरिसकेका छन् । उनी उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का अध्यक्ष समेत हुन् ।

Success

Thank you for your time.