2 years ago
May 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फ्रान्समा यसै जुलाईमा हुने पेरिस ओलम्पिक २०२४ का लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा हुने भएको छ ।
छनोट प्रतियोगिता १३-१५ तारिखसम्म लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका खेलाडीहरु खेल्नेछन् । भारत भने विश्व वरीयताको शीर्ष ८ मा परेसँगै सिधै ओलम्पिक छनोट भइसकेको छ ।
हरेक राष्ट्रबाट २-२ खेलाडी प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताबाट महिला र पुरूषतर्फ १-१ विजेता सिधै ओलम्पिकमा छनोट हुनेछन् । नेपालबाट पुरूषतर्फ संयोग कपाली र स्यान्टु श्रेष्ठ तथा महिलातर्फ नविता श्रेष्ठ र इभाना थापा खेल्नेछन् ।
प्रतियोगिताको अनुमानित खर्च १० लाख रुपैयाँ रहेको छ । नेपाली घरले ५ लाख रूपैयाँ बराबर प्रायोजन गरेको छ । समाजसेवी सुमन खड्गीले पनि नगद सहयोग गर्नेछन् ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]