default_image

5 months ago

May 5, 2024

विशालले सिड्नी भलिबल लिग खेल्ने

6814 views

0 Bookmark

दिल तामाङ,सिड्नी

नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य विशाल बहादुर बिकले अस्ट्रेलियाको सिड्नी भलिबल लिग (एसभिएल) खेल्ने भएका छन् ।

ओपन स्पाइकर विशाल प्रो भलिबल एकेडेमीमा आबद्ध भएका छन् । प्रो भलिबल एकेडेमी अहिले पुरुष डिभिजन वानमा रहेकाे छ । त्याे भन्दामाथि पुरुष रिजर्भ र पुरुषा प्रिमियर लिग हुनेछ ।

यससँगै विशाल एसभिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । उनी दक्षिण एसियाली मुलुक भन्दा बाहिरका देशबाट खेल्ने दोस्रो नेपाली पुरुष खेलाडी हुनेछन् । यसअघि दुर्ज कुमार राईले जर्मनीमा व्यवसायिक लिग खेलेका थिए ।

दुर्ज कुमारले सन् १९८२ को एसियन गेम्सपछि तत्कालिन पश्चिम जर्मनीमा गएर युरोपियन लिग खेल्ने पहिलो नेपाली खेलाडी बनेका थिए । तत्कालिन पश्चिम जर्मनीका ओलम्पिक प्रशिक्षक माइकल ग्रेगरीले झन्डै दुई महिना नेपालमा प्रशिक्षण दिएर उनलाई छनोट गरेका थिए ।

महिलातर्फ भने कोपिला उप्रेती, निमा श्रेष्ठ, मन्जु गुरुङ, अरुणा शाही, प्रतिभा माली, सरस्वती चौधरी, उषा भण्डारी र कामना विष्टले माल्दिभ्सको लिग तथा च्याम्पियनसिप खेलिसकेका छन् । दक्षिण एसियाली मुलुकका क्लबबाट नेपाली पुरुष खेलाडी इम राना, कुलबहादुर थापा, मानबहादुर श्रेष्ठ, हरि हजुर थापालगायतले खेलिसकेका छन् ।

यस्तै सरस्वती चौधरीले जापानमा तथा प्रतिभा र अरुणाले नेदरल्यान्ड्समा प्रशिक्षणको मौकासमेत पाएका छन् । विशालले घरेलु भलिबलमा विभागीय नेपाल पुलिस क्लबबाट खेल्ने गरेका थिए । उनी पछिल्लो ६ महिनायता अस्ट्रेलियामा रहेका छन् ।

लिग आइतबारदेखि शुरु हुँदैछ । विशाल आबद्ध प्रो भलिबल एकेडेमीले युएनएसडब्लु भलिबल क्लबसँग खेल्दै लिगको शुरुवात गर्नेछ । त्यसपछि दोसो खेलमा युटिएस भलिबल एकेडेमी र तेस्रो खेलमा जस्ट स्पाइक इट भलिबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

यस प्रो भलिबल एकेडेमीको सिनियर पुरुष टोली, सिनियस महिला टोली, डिभिजन ४, ३, २, १ टोलीसँगै यू–१४, यू–१६, यू–१८ टोली रहेका छन् ।

प्रो भलिबल एकेडेमीमा इटालियन र चिनिया मुलका खेलाडीहरु रहेका छन् । सिड्नीमा हुने यो लिग करिव तीन महिना चल्नेछ । लिगमा सिड्नीका १२ वटा क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

एसभिएल र युथ सिड्नी भलिबल लिग (वाईएसभिएल) न्यु साउथ वेल्सको मुख्य इन्डोर भलिबल प्रतियोगिता हो । लिग मे देखि जुलाईसम्म हरेक साताको आइतबार सिड्नीस्थित सिड्नी ओलम्पिक पार्कमा हुने गर्दछ ।

October 7, 2024

अस्ट्रेलियामा प्रतिभा र राजेन्द्र सर्वाेत्कृष्ट

दिल तामाङ ,सिड्नी नेपाली महिला राष्ट्रिय भलिबल खेलाडी प्रतिभा माली र पुरुष राष्ट्रिय टोलीका सदस्य रहिसकेका राजेन्द्र विष्ट अस्ट्रेलियाको सिड्नीमा भएको पाँचौं महिला र पुरुष ढोरपाटन रनिङ कप भलिबल २०२४ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतिभा र राजेन्द्रले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरे। प्रतिभाले म्याग्दी काली युनाइटेड र राजेन्द्रल ढोरपाटन क्लबबाट […]

October 7, 2024

ढोरपाटन र म्याग्दी कालीलाई भलिबल उपाधि

दिल तामाङ ,सिड्नी आयोजक ढोरपाटन क्लब अस्ट्रेलिया र म्याग्दी काली युनाइटेडले पाँचौं संस्करणको महिला र पुरुष ढोरपाटन रनिङ कप भलिबल २०२४ को उपाधि जितेका छन् । ढोरपाटन पुरुषमा तथा म्याग्दी काली महिलामा च्याम्पियन बनेको हो । अस्ट्रेलियाकाे सिड्नीस्थित अवर्न बास्केटबल सेन्टर लिडकममा आइतवार भएको एक दिने प्रतियोगिताको पुरुषतर्फको फाइनलमा आयोजक ढोरपाटनले म्याग्दी प्रवासी नेपाली संघ […]

October 3, 2024

काठमाडौंको जितले मधेश र गण्डकी बाहिरिए

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं स्पाइकर्सको तेस्रो जितसँगै मधेश युनाइटेड र गण्डकी थन्डर्स वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को लिग चरणबाटै बाहिरिएका छन् । काठमाडौंले बिहीवार मधेशमाथि ३–१ को सेटमा जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाउँदा मधेश १ खेल र गण्डकी २ खेल बाँकी छँदै लिग चरणबाटै बाहिरिएका हुन् । फाइनल पुग्ने सम्भावना […]

Success

Thank you for your time.