default_image

4 years ago

June 27, 2020

पूर्व सदस्य सचिव सिंहको निधन

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव राजबहादुर सिंह (आरबी राजा) को निधन भएको छ । राखेपका सातौं सदस्य सचिव रहेका सिंहको ८८ वर्षको उमेरमा काठमाडौंको छाउनीस्थित निवासमा शुक्रबार राति निधन भएको हो । सिंह लामो समयदेखि रोगले ग्रसित थिए । उनको आज नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको नाती सुशील मल्लले जानकारी […]

39 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव राजबहादुर सिंह (आरबी राजा)
को निधन भएको छ ।

राखेपका सातौं सदस्य सचिव रहेका सिंहको ८८ वर्षको उमेरमा काठमाडौंको छाउनीस्थित निवासमा शुक्रबार राति निधन भएको हो ।

सिंह लामो समयदेखि रोगले ग्रसित थिए । उनको आज नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको नाती सुशील मल्लले जानकारी दिए । उनको श्रीमती, दुई छोरा र एक छोरी छन् ।

सिंहले २०४८ देखि २०५० सालसम्म राखेपको जिम्मेवारी सम्हालेका थिए । उनी राखेपको सातौं सदस्य सचिव थिए । फुटबल खेलसँग सम्बन्धित सिंह नेपालले आगा खाँ गोल्डकप खेल्दा टोलीका सदस्य थिए ।

सिंहले काठमाडौं खेल मन्डल (हालको एनआरटि) र विधा व्यायामबाट पनि खेलेका थिए ।

Success

Thank you for your time.