default_image

1 hour ago

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

431 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌

पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र बुझाएको बताएका छन्। ‘हामीले आज दर्ता गराएका छौं, घलेले भने,’हामी राष्ट्रिय लिग खेल्छौ।’

एन्फाले क्लब दर्ता स्वीकार गरेमा अब १८ मध्ये १७ क्लबले राष्ट्रिय लिग खेल्ने भएको छ। खेल्न पाउने मध्ये सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ र हिमालय शेर्पा क्लबबाहेक सबै आइतवार साँझ ५ बजेसम्म एन्फामा दर्ता भएका थिए ।

एन्फा कार्यसमितिको मंसिर १५ गते बसेको आपतकालीन बैठकले राष्ट्रिय लिगका लागि छनोट भएका बाहेक इच्छुक ए डिभिजन क्लब खेल्न सक्ने निर्णय गरेको थियो। त्यसअघि ए डिभिजन क्लबका शीर्ष ६ तथा प्रेसिडेन्ट कपबाट छनोट भएका ४ गरि १० टोलीले खेल्ने पाउने निर्णय थियो।

नेपाल फुटबल खेलाडी संघले ए डिभिजन लिगसहित सबै लिग आयोजनाको सुनिश्चितताको लागि कात्तिक २० गते आन्दोलन सुरु गरेपछि एन्फाले नयाँ निर्णय गरेको थियो।

जसअनुसार राष्ट्रिय लिग इच्छुक क्लबलाई थप्ने र राष्ट्रिय लिग सकिएको १ महिनापछि ए डिभिजन लिग सुरु गर्ने निर्णय गरेको थियो। पछिल्लो पटक ए डिभिजन लिग सकिएको ९ सय ११ दिन बितिसकेको छ।

फुटबल खेलाडी संघको आन्दोलनपछि युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले एन्फा, ए डिभिजन क्लब र खेलाडी संघका प्रतिनिधिसँग अलग अलग र संयुक्त रुपमा छलफल गरेको थियो।

त्यसपछि एन्फा, क्लब र खेलाडी संघको संयुक्त बैठक र त्यसपछि एन्फाको आपतकालीन बैठकले राष्ट्रिय लिगको मिति तय गर्दै त्यसपछि ए डिभिजन लिग गर्ने निर्णय गरेको थियो।

राष्ट्रिय लिगका लागि दर्ता भएका क्लब

पछिल्लो ए डिभिजन लिगको शीर्ष ६ टोली
१) चर्च ब्वाइज युनाइटेड
२) मच्छिन्द्र क्लब
३) नेपाल पुलिस क्लब
४) जावलाखेल युथ क्लब
५) सातदोबाटो युथ
६) एनआरटी

राष्ट्रिय लिगबाट छनोट क्लब
१) लालीगुराँस युवा क्लब (कास्की)
२) चित्लाङ यु क्लब  (काठमाडौं)
३) नव जनजागृति क्लब (बारा)
४) काक्रेविहार स्पोर्टस क्लब (सुर्खेत)

पछिल्लो पटक ए डिभिजन लिग खेलेका टोली
१) त्रिभुवन आर्मी आर्मी क्लब
२) संकटा क्लब
३) फ्रेन्डस क्लब
४) एपिएफ क्लब

पछिल्लो पटक ए डिभिजन बढुवा भएको क्लब
१) प्लानिङ ब्वाइज युनाइटेड
२) श्री भगवती क्लब

ढिला दर्ता गरेको क्लब

१) मनाङ मर्स्याङ्दी क्लब

राष्ट्रिय लिगका लागि दर्ता नभएको क्लब

१) हिमाल शर्पा क्लब

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

Success

Thank you for your time.