default_image

4 years ago

July 16, 2020

सिलवालसहित सदस्य सचिवका लागि २७ जनाको आवेदन

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवको लागि युवा तथा खेलकुद मन्त्रालयले गरेको खुला दरखास्त आव्हानमा २७ जनाले आवेदन दिएका छन् । बिहीबारसम्म दरखास्तको लागि अन्तिम मिति तोकिएकोमा निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवालसहित २७ जनाको आवेदन परेको हो । यससँगै नयाँ सदस्य सचिव नियुक्ति अर्को साता हुने सम्भावना देखिएको छ । यद्दपी […]

67 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवको लागि युवा तथा खेलकुद मन्त्रालयले गरेको खुला दरखास्त आव्हानमा २७ जनाले आवेदन दिएका छन् ।

बिहीबारसम्म दरखास्तको लागि अन्तिम मिति तोकिएकोमा निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवालसहित २७ जनाको आवेदन परेको हो । यससँगै नयाँ सदस्य सचिव नियुक्ति अर्को साता हुने सम्भावना देखिएको छ । यद्दपी युवा तथ खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले अर्को सातानै नियुक्ती हुने नहुने प्रष्ट नबताएपनि छ्ट्टिै प्रक्रिया टुंगिने बताएका छन् ।

अब सिफारिस समितिको प्रक्रिया पुरा भएपछि बस्ने मन्त्रीपरिषद्को पहिलो बैठकमा सदस्य सचिव विषयले प्रवेश पाउने सम्भावना रहेको मन्त्री विश्वकर्माले बताए । ‘ हामी छिटो भन्दा छिटो सदस्य सचिवको नियुक्तीलाई टुंगाउने योजनामा छौं’, हाम्रो खेलकुद डटकमसँग गृह जिल्ला कास्कीमा रहेका खेलकुद मन्त्री विश्वकर्माले बिहीबार दिउँसो भने भने,‘यहि दिन भन्न सकिन्न । प्रक्रिया पुरा गरेर समितिले सिफारिस गरेपछि त्यसपछि मन्त्रीपरिषद्को बैठकमा प्रस्ताव लगिनेछ । ’

सामान्यता मन्त्रीपरिषद्को बैठक सोमबार र बिहीबार बस्ने परम्परा छ । त्यसबाहेक आवश्यकता अनुसार पनि बैठक बस्ने सक्ने व्यवस्था छ । समान्यता अहिलेको अवस्थामा सोमबार बस्ने बैठकमा वा आउने सातामा बस्ने मन्त्रीपरिषद् बैठकमा सदस्य सचिवको प्रस्वात जाने सम्भावना देखिन्छ ।

खेलकुद विकास ऐन २०७७ अनुसार सदस्य सचिव छनोटका लागि मन्त्रालयका सचिव रामप्रसाद थपलियाको सिफारिस ३ सदस्य समिति रहेको छ । जसको सदस्यमा इन्दिरा निरौला र रिम रानाभाट छन् ।

राखेपको सदस्य सचिवका लागि पहिलो पटक भएको आव्हानमा बुधबारसम्म निर्वतमान सदस्य सचिव रमेशकुमार सिलावलसहित १२ जनाको आवेदन बुझाएका छन् । त्यसमध्येबाट सिफारिस समितिले कम्तीमा एक महिलासहित ३ जनाको सिफारिस गर्नेछ । त्यसमध्येबाट एक जनालाई मन्त्रीपरिषद्ले ४ वर्षका लागि सदस्य सचिव नियुक्त गर्नेछ ।

आवेदनका लागि एक दिन समय बाँकी रहँदा सिलवालले प्रतिनिधिमार्फत मन्त्रालयमा आवेदन दर्ता गराएका थिए । आवेदन दर्ता गराउने १२ मध्ये ३ जना महिला छन् । समितिका संयोजक थपलियाले समितिका सदस्यहरुले आवेदन दिनेहरुको कार्ययोजनाको अध्ययन गर्ने र त्यसछि कम्तीमा एक महिलासहित ३ जनाको नाम सिफारिस गर्ने बताएका छन् । उनले पनि सिफारिसको दिन भने तोक्न चाहेनन् ।

‘आज आवेदनको अन्तिम दिन हो । निवेदन दिनेहरुले बुझाउनु भएको कार्ययोजनाका अध्ययन गरिनेछ, उनले भने,‘ऐन र कार्यविधिमा भएको व्यवस्था अनुसार प्रक्रिया पुर्याएर सिफारिस गरिनेछ ।’

राखेप सदस्य सचिव सिफरिस समिति – इन्दिरा निरौला (सदस्य) , रामप्रसाद थपलियो (संयोजक) र रिम रानाभाट (सदस्य) ।

कार्यविधिमै सदस्य सचिवका लागि आवश्यक निवेदन नपरेमा वा परेका निवेदन पनि आयोग्य भएमा पुन अर्को सुचना जारी गर्न सक्ने व्यवस्था छ । दोस्रो पटक सुचना जारी गर्दा पनि आवश्यक संख्यामा निवेदन नपरेमा वा परेका निवेदनमा योग्य नभएमा समितिले उपयुक्त व्यक्ति छनोट गरि औचित्यका आधारमा सिफारिस गर्न सक्नेछ उल्लेख छ ।

छ दशक अघि स्थापना भएको राखेपमा पहिलो पटक खुला आव्हानद्वारा सदस्य सचिव नियुक्ती हुन लागेको हो । यसअघि राखेप सदस्य सचिवको नियुक्ती राजनीतिक आधारमा हुने परम्परा थियो । २०४६ सालपछि जसले खेलकुद मन्त्रालयको नेतृत्व गर्छ त्यहि पार्टीका नेता कार्यकर्तालाई सदस्य सचिव नियुक्त गर्ने परम्परा थियो ।

गत महिना राष्ट्रपति विद्यादेवी भण्डराीबाट प्रमाणीकरण भएको नयाँ ऐनअनुसार राखेपको सदस्यसचिवका लागि पाँचवटा मापदण्ड तोकिएको छ । जसमा नेपाली नागरिक, स्नातक उत्तीर्ण, ३० वर्ष पूरा भएको, कम्तीमा पाँच वर्ष खेलकुदको अनुभव र प्रचलित कानुनले अयोग्य नभएको हुनुपर्ने उल्लेख छ ।

निर्वतमान सदस्य सचिव सिलवाल नै अबको सदस्य सचिव नियुक्ती हुने सम्भावना बलियो रहेको छ । प्रधानमन्त्री केपी ओलीकै चाहनामा गत वर्ष सदस्य सचिव बनेका सिलवाल नै सबै भन्दा बलियो दाबेदार हुन् । गत वर्ष उनी नेपाल भलिबल संघको सिफारिसमा मन्त्री विश्वकर्माबाट सदस्य सचिव नियुक्त भएका थिए ।

नयाँ ऐनको व्यवस्था अनुसार मन्त्री परिषद्ले सदस्य सचिवको नियुक्त गर्नेछ । ओलीका विश्वास पात्र सिलवाल नै सिफरिसको पहिलो नम्बरमा पर्नेमा धेरैको विश्वास छ । सिलवालले आवेदन नदिएको खण्डमा आवेदन दिन चाहने खेलकुदमा थुप्रै थिए । सिलवालको आवेदनसँगै इच्छुक कतिपयले आवेदन दर्ता गराएनन् ।

राखेप सदस्य सचिवका लागि दरखास्त भर्ने आवेदकहरु :

रोशन महर्जन -ललितपुर

अनिल अधिकारी – भरतपुर

हर्कबहादुर राई – सोलुखुम्बु

मिना श्रेष्ठ – सुनसरी

शिवराज भट्ट – डडेलधुरा

लिलबहादुर थापा – बाग्लुङ्ग

रवि राजकर्णिकार – काठमाडौं

अच्युतम लामिछाने – काठमाडौं

निलमसिंह बज्राचार्य – ललितपुर

रमेशकुमार सिलवाल – धादिङ्ग

मेघराज पौडेल – झापा

रामेश्वर श्रेष्ठ – काठमाडौं

अच्युत खनाल – ललितपुर

मनबहादुर गुरुङ – पोखरा

विजयकुमार राई – मोरङ

सानुराजा केसी – काठमाडौं

किशोर शाही – काठमाडौं

अन्जु श्रेष्ठ – ललितपुर

सुदिल शाही – ललितपुर

रमेशमान डंगोल – काठमाडौं

ध्रुवराज न्यौपाने – काठमाडौं

खेमराज अधिकारी – बाजुरा

राम पुडासैनी – काठमाडौं

सुनिल नकर्मी – ललितपुर

रणबहादुर चन्द – काठमाडौं

दिपेन्द्र ढकाल – मकवानपुर

तेजबहादुर गुरुङ – कास्की

Success

Thank you for your time.