default_image

4 years ago

August 16, 2020

एनओसीका दुई कर्मचारीलाई कोरोना पुष्टि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी)का दुई कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । गत बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा गरिएको परिक्षणमा स्वाब दिएकामध्ये एक महिला र एक पुरुष कर्मचारीको पोजेटिभ रिपोर्ट आएको एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले जानकारी दिए । उनीहरु दुवै जना अहिले घरमै सेल्फ आइसोलेसनमा बसिरहेका छन् । […]

28 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी)का दुई कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।

गत बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा गरिएको परिक्षणमा स्वाब दिएकामध्ये एक महिला र एक पुरुष कर्मचारीको पोजेटिभ रिपोर्ट आएको एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले जानकारी दिए । उनीहरु दुवै जना अहिले घरमै सेल्फ आइसोलेसनमा बसिरहेका छन् ।

लक्षणविनै दुई कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि एनओसीले अन्य पदाधिकारी र कर्मचारीको सोमबार स्वाब संकलन गरिने तयारी गरिएको श्रेष्ठले जानकारी दिए । कोरोना संक्रमणको दर बढ्दै गएपछि एनओसीले शनिबारदेखि नै एक साताका लागि कार्यालय बन्द गरिसकेको र ‘वर्क फ्रम होम’ को नीति लिएको छ ।

Success

Thank you for your time.