default_image

2 years ago

November 29, 2021

राखेपमा आजै नयाँ सदस्य सचिव नियुक्तिको सम्भावना

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज नयाँ सदस्य सचिव पाउने सम्भावना बढेको छ । सोमबार बस्ने मन्त्री परिषद् बैठकमा युवा तथा खेलकुद मन्त्री महेश्वजंग गहतराजले ३ जनाको सिफारिस गर्ने तयारी गरिरहेका छन् । यद्दपी मन्त्री गहतराजले अहिले पनि सिफारिस समितिसँग छलफल भइरहेको र अन्तिम रुप दिने प्रयास भइरहेको बताएका छन् । उनले […]

126 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज नयाँ सदस्य सचिव पाउने सम्भावना बढेको छ । सोमबार बस्ने मन्त्री परिषद् बैठकमा युवा तथा खेलकुद मन्त्री महेश्वजंग गहतराजले ३ जनाको सिफारिस गर्ने तयारी गरिरहेका छन् ।

यद्दपी मन्त्री गहतराजले अहिले पनि सिफारिस समितिसँग छलफल भइरहेको र अन्तिम रुप दिने प्रयास भइरहेको बताएका छन् । उनले आज सिफारिस लाने सम्भावना रहेको स्वीकार गरे । ‘हामी अहिले पनि छलफलमै छौं । २ बजे मन्त्री परिषद् बस्दैछ । सदस्य सचिवका लागि आज सिफारिस हुने सम्भावना छ,’ उनले भने,’ तर आजै नियुक्ती हुन्छ हुँदैन अहिले भन्न सकिने अवस्था छैन ।’

मन्त्रालय श्रोतले भने टंकलाल घिसिङ, अच्युत लामिछाने र ममता श्रेष्ठको नाम सिफारिस समितिले मन्त्रीलाई बुझाएको जनायो । घिसिङ नेकपा माओवादीका बागमती प्रदेशका सचिवालय सदस्य हुन् । सदस्य सचिवमा उनकै नियुक्त हुने सम्भावना बढी रहेको बताइन्छ ।
मन्त्री गतहराजले मन्त्रालयका सह सचिव कमलप्रसाद पोखरेलको संयोजकत्वमा कमला ज्ञावली र हरिबहादुर श्रेष्ठ सम्मलित छनोट समिति गठन गरेका थिए । समितिले एक महिला अनिवार्यसहित ३ जनाको नाम सिफारिस गरेको बताइएको छ ।

शुक्रबार सम्मको समय दिएर मन्त्रालयले सदस्य सचिवको आवेदन माग गरेको थियो । सदस्य सचिवको लागि ओलम्पियन दीपक विष्टसहित अच्युत लामिछाने, आरके विष्ट, रविराज कर्णिकार, ममता श्रेष्ठ, मानबहादुर गुरुङ, सुदिल शाही, टंकलाल घिसिङ, विनोदकुमार यादव, भरत महर्जन, देवराज चौलागाई, राजकुमार कार्की, दिलकुमारी नेपाल, जगतमान श्रेष्ठ, सिद्धार्थ लामा तामाङ, भरत चालिसे छुम्बी लामा र सुनिल नकर्मी गरि १८ जनाले आवेदन दिएका थिए । १८ जाले आइतबार आ आफ्नो प्रस्तुती दिएका थिए ।

कात्तिक १ गते राखेपका तत्कालिन सदस्य सचिव रमेश सिलवाललाई मन्त्री परिषद्ले बर्खास्त गरेको थियो । सिलवालले बर्खास्तविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

Success

Thank you for your time.