default_image

2 years ago

December 6, 2021

राखेप सदस्य सचिव घिसिङलाई एनओसीको स्वागत

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) ले राष्ट्रिय खेलकुद परिषद (राखेप) का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङलाई सोमबार स्वागत गरेको छ । सातदोबाटो स्थित एनओसी भवनमा संघिय सांसद समेत रहेका एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले सदस्य सचिवको कार्यकालको सफलताको कामना गर्दै नेपाली खेलकुदका दुई सर्वोच्च निकाय एनओसी र राखेपबीच सहकार्य गर्नुपर्नेमा जोड दिए । […]

74 views

0 Bookmark


काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) ले राष्ट्रिय खेलकुद परिषद (राखेप) का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङलाई सोमबार स्वागत गरेको छ ।

सातदोबाटो स्थित एनओसी भवनमा संघिय सांसद समेत रहेका एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले सदस्य सचिवको कार्यकालको सफलताको कामना गर्दै नेपाली खेलकुदका दुई सर्वोच्च निकाय एनओसी र राखेपबीच सहकार्य गर्नुपर्नेमा जोड दिए ।

सदस्य सचिव घिसिङले आफ्नो नियुक्तिसँगै राष्ट्रिय टिमको तयारी सुरु गर्ने निर्णय भइसकेको बताए । कार्यक्रममा एनओसीका पदाधिकारीको पनि उपस्थिति थियो ।

स्वागत कार्यक्रमपछि एनओसी पदाधिकारी र राखेप सदस्य सचिव घिसिङबीच १९ औं एसियाली खेलकुदमा नेपालको सहभागितालाई लिएर प्रारम्भिक छलफल भएको एनओसीले जनाएको छ । छलफलमा एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठ र उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्य पनि सहभागी थिए ।

एसियाली खेलकुदमा सहभागी खेल, खेलाडी संख्या, सम्भावना तथा प्रदर्शनको आवश्यकताका विषयमा छलफल भएको थियो । त्यस्तै नेपालले भाग लिने अन् अन्तर्राष्ट्रिय प्रतियोगिताबारे पनि छलफल भएको जनाएको छ ।

Success

Thank you for your time.