default_image

2 years ago

August 2, 2022

क्रिकेटका सफल कप्तान पारसलाई सर्वकालीन सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – हाम्रो खेलकुद डटकमले आफ्नो सातौं वार्षिकोउत्सवमा बिहीबार राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई हाम्रो खेलकुद सर्वकालीन सम्मान प्रदान गर्ने भएको छ । सात खेलाडीलाई सर्वकालीन सम्मान दिइने बताइएको छ । जसमा ५ खेलाडीको यसअघि नै नाम सार्वजनिक भइसकेको छ । जसमा देशका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता धावक जीतबहादुर केसी, […]

130 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – हाम्रो खेलकुद डटकमले आफ्नो सातौं वार्षिकोउत्सवमा बिहीबार राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई हाम्रो खेलकुद सर्वकालीन सम्मान प्रदान गर्ने भएको छ । सात खेलाडीलाई सर्वकालीन सम्मान दिइने बताइएको छ ।

जसमा ५ खेलाडीको यसअघि नै नाम सार्वजनिक भइसकेको छ । जसमा देशका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता धावक जीतबहादुर केसी, दक्षिण एसियली खेलकुद (साग) का कीर्तिमानी धावक बैकुण्ठ मानन्धर, सागमा खेलाडी र प्रशिक्षकका रुपमा स्वर्ण पदक जितेका फुटबलका राजुकाजी शाक्य, ओलम्पिक छनोट हुने पहिलो खेलाडी संगिना वैद्य र सागमा लगातार ४ स्वर्ण पदक जितेका दीपक विष्ट छन् । पारस नेपाली क्रिकेट इतिहासका सर्वाधिक सफल कप्तान र खेलाडी हुन् ।

नेपालले अहिलेसम्म खेलेको एकमात्र टी–२० विश्वकप २०१४ खेल्दा होस् वा सन् २०१८ मा ओडिआई मान्यता प्राप्त गर्दा होस् दुवैमा पारस नै टोलीको कप्तान थिए । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आई.सी.सीको पहिलो उपाधि डिभिजन ५ हुँदै ४ र ३ को उपाधि उनकै नेतृत्वमा नेपालले जितेको थियो । नेपालका लागि ओडिआई र टी–२० दुबैमा शतक प्रहार गर्ने उनी पहिलो खेलाडी हुन् ।

हाम्रो खेलकुदले आफ्नो सातौं वार्षिकोत्सव साउन १९ गते मनाउँदैछ । हाम्रो खेलकुद २०७२ साल साउन १९ गतेबाट सञ्चालनमा आएको थियो । हाम्रो खेलकुदले सार्वजनिक रुपमा वार्षिकोत्सव मनाउन लागेको यो पहिलो पटक हो । हाम्रो खेलकुदले स्थापनाकाल देखि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद सम्बन्धी समाचार, लेख, फोटो, भिडियोलगायतका सामाग्री प्रकाशित गर्दै आएको छ ।

त्यस्तै घरेलु प्रतियोगिताहरुलाई दर्शकमाझ पुर्याउने उद्देश्यका साथ आफ्नो फेसबुक पेज र युट्युब च्यानलमार्फत विभिन्न प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्दै आएको छ । सन् २०१९ मा पहिलो पटक हाम्रो खेलकुदले अन्तर्राष्ट्रिय प्रतियोगिताका रुपमा नेपालमा आयोजना भएको एभिसी सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण गरेको थियो ।

पाटनको अशोक पार्टी प्यालेसमा हुने कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रय खेलाडी, प्रशिक्षक, खेलकुद पदाधिकारी, खेलकुद पत्रकारलगायतको सहभागिता रहनेछ । वार्षिकोत्सवको हाम्रो खेलकुदले आफ्नो फेसबुक पेज र युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण गर्नेछ ।

Success

Thank you for your time.