default_image

2 years ago

October 16, 2022

गौरिकाले ८ सय मिटर फ्रिस्टाइल पनि छाडिन्

पोखरा (हाम्रो खेलकुद)– अस्वस्थताका कारण १३ औं दक्षिण एसियाली खेलकुद (साग) की कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आइतबार निर्धारित पहिलो इभेन्ट छाडेकी छन् । फिस्टल एकेडेमीमा जारी पौडीमा गौरिकाले आइतबार ४ वटा इभेन्ट्समा प्रतिस्पर्धा गर्ने तालिका छ । तर दिनको पहिलो इभेन्ट ८ सय मिटर फ्रिस्टाइल छाडेकी हुन् । यस स्पर्धामा […]

80 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– अस्वस्थताका कारण १३ औं दक्षिण एसियाली खेलकुद (साग) की कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आइतबार निर्धारित पहिलो इभेन्ट छाडेकी छन् ।

फिस्टल एकेडेमीमा जारी पौडीमा गौरिकाले आइतबार ४ वटा इभेन्ट्समा प्रतिस्पर्धा गर्ने तालिका छ । तर दिनको पहिलो इभेन्ट ८ सय मिटर फ्रिस्टाइल छाडेकी हुन् । यस स्पर्धामा दुई हिटमा हुने प्रतिस्पर्धाका समयका आधारमा विजेताका टुंगो लाग्नेछ ।

गौरिकाले वार्म अप गरेपनि त्यसपछि भने स्वास्थ्यमा समस्या देखिएको थियो । दोस्रो दिन पनि बान्ता भएपछि गौरिका इभेन्ट छाड्न बाध्य भएकी थिएन् । स्वास्थ परिक्षणको रिपोर्ट सामान्य देखिएपनि उनलाई पेट दुख्ने र बान्ता हुने समस्या भइरहेको छ ।

पौडीको पहिलो दिन विहान गौरिकाले १ सय मिटर फ्रिस्टाइलको हिटमा भाग पनि फाइनल राउन्ड खेल्न सकिनन् । पेट दुखेर बान्ता भएपछि गौरिकालाई अस्पताल लगिएको थियो । गौरिकाले शनिबार २ सय मिटर ब्याक स्ट्रोकबाट उनले नाम फिर्ता लिएकी थिइन् ।

अध्ययनका लागि अमेरिकामा रहेकी गौरिका नवौं राष्ट्रिय खेलकुदमा भाग लिनका लागि विहीबार राती काठमाडौं र शुक्रबार पोखरा आइपुगेकी थिइन् । ११ इभेन्ट्समा भाग लिन आएकी गौरिकाले अब ८ वटा इभेन्ट्समा प्रतिस्पर्धा गर्न बाँकी रहेको छ ।
गौरिकाले आइतबार २ सय मिटर फ्रिस्टाइल, १ सय मिटर ब्याक स्ट्रोक र ४ गुण १ सय मिटरर रिलेमा प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।

गौरिकाले तीन वर्ष अघि स्वदेशमा भएको १३ औं सागमा कीर्तिमान ४ स्वर्ण , २ रजत र ३ कास्यसहित ९ पदक जितेकी थिइन् ।

Success

Thank you for your time.