default_image

52 minutes ago

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

1368 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ।

लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए।

सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा रहन सफल भए। सुदूरपश्चिम बाहेक ३ टोली पहिलो पटक प्ले अफमा पुगेका हुन्।

जितको लागि १ सय ३३ रनको सहज चुनौती लुम्बिनीले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो।

पहिलो ओभरको पहिलो बलमा संगिथ कोरेले ओपनर सुमित महर्जनलाई गोल्डेन डक आउट गरे। यसपछि कप्तान रोहित पौडेल डार्सी सर्टलाई साथ दिन क्रिजमा छिरे। यी दुईले पहिलो पावर प्लेमा ४६ रन जोड्दै जनकपुरलाई दबाब दिए।

रोहित र डार्सीले दोस्रो विकेटको लागि ६१ रनको साझेदारी गरे। यो साझेदारी संगिथले तोडे। २४ बल खेल्दै १ चौका र २ छक्का सहित ३० रन जोडेर एलबिडब्लु आउट भए। निरोसन डिकवेला क्रिजमा छिरे। १० ओभर सकिंदा ७६ रन बनाएको लुम्बिनीलाई अन्तिम ६० बलबाट ५७ रन जरूरी थियो।

त्यसपछि रोहित अनावश्यक सट खेल्ने क्रममा मायांन यादवको बलमा एलबिडब्लु धरापमा परे। रोहित आउट हुँदा लुम्बिनीले ८४ रन बनाएको थियो। लगत्तै मयांकले सन्दीप जोरालाई गोल्डेन डक आउट गर्दा खेल रोमाञ्चक बन्यो।

यसपछि १५ रन बनाएका निरोसन डिकवेलाको क्याच अनिल साहले ड्रप गरे। जीवनदान पाएपनि निरोसनले यसको फाइदा उठाउन सकेनन्। उनी पनि अनावश्यक सट खेल्दै १७ रनमा सञ्जय कृष्णमुर्तीको बलमा आउट भए। १ सय ८ रन जोड्दा लुम्बिनीले ५ विकेट गुमायो। उनी आउट हुँदा २९ बलबाट २५ रन जरुरी थियो।

क्रिजमा दिलिप नाथ र जेजे स्मिथ थिए। जितको लागि अन्तिम १८ बलबाट १५ रन बनाउनु पर्ने थियो। १८ औं‌ ओभरको पाँचौं बलमा संगिथ कोरेको बलमा जेके स्मिथ २१ रनमा अनिल साहद्वारा क्याच आउट भए। उनी आउट हुँदा १३ बलबाट १२ रन जरुरी थियो। लुम्बिनीले सहज लक्ष्य पूरा गर्न पनि निकै संघर्ष गर्यो।

१९ औं ओभरमा ट्रम्पलम्यानलाई रुपेश सिंहले ड्रप गरे। यसपछि दिलिप नाथले छक्का प्रहार गर्दै लुम्बिनीलाई जित दिलाए। बलिङमा संगिथले ४ ओभरमा २५ रन दिएर ३ विकेट लिए।‌ मयान यादवले २ विकेट लिए।‌

त्यसअघि टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३३ रनको योगफल बनायो।

महत्वपूर्ण खेलाम जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन्। मात्र ३६ रन जोड्दा ३ विकेट गुमायो। पहिलो ओभरको पाँचौं बलमा माज सदाकत ६ रनमा जेके स्मिथकप बलमा विकेट किपरद्वारा कट विहाइन्ड भए।

जनकपुरले ६ रन जोड्दा पहिलो र २६ रनमा दोस्रो विकेट गुमायो। ७ रन बनाएका अनिल शाह रुबेन ट्रम्पलम्यानद्वारा एलबिडब्लु धरापमा परे।

लगत्तै २० रन जोडेका टिमका मार्की खेलाडी आशिफ शेख शेर मल्लको बलमा रुबेनद्वारा क्याच आउट भए। यसपछि टिमलाई गतिलो साझेदारी जरूरी थियो। जुन हुन सकेन।

शुभ कंसाकार ११ रनमा शेरको बलमा बोल्ड आउट भए। ९ ओभर २ बलमा ५३ रन मात्र जोड्दा ४ विकेट गुमाएको जनकपुरले संघर्ष गर्यो। १० ओभरमा ५७ रन बनायो।

त्यसपछि पनि लुम्बिनी निरन्तर अन्तरालमा विकेट निकाल्न सफल रहयो। १४ औं ओभरमा कप्तान रोहित पौडेलले दुई विकेट निकाले। १४ औं ओभरको दोस्रो बलमा १४ रन बनाएका सञ्जय कृष्णमुर्ती डार्सि सटद्वारा क्याच आउट भए।

लगत्तै अर्को बलमा जनकपुरका कप्तान लोफ्टी गोल्डेन डक आउट भए। ६ विकेट गुमाउँदा जनकपुरले ८३ रन मात्र जोड्न सक्यो। कडा संघर्ष गर्दै १५ ओभरमा जनकपुरले १ सय १ रन मात्र बनायो।

यसपछि मयांन यादव र संगिथ कोरेले सातौं विकेटको लागि सातौं विकेटको लागि अविजित ४९ रनको साझेदारी गरे। संगिथले ३८ बलमा २ चौका र १ छक्का अविजित ४५ रन बनाए। उनी जनकपुरको लागि सर्वाधिक रन बनाउने खेलाडी बने। मयांन अवजित २७ रनमा रहे। उनले २३ बलमा १ चौका र १ छक्का प्रहार गरे।

बलिङमा रोहित पौडेलले २ ओभर बलिङ गरेर १५ रन दिंदै २ विकेट लिए। यस्तै शेरले ४ ओभरमा २० दिएर २ विकेट आफ्नो नाममा लेखाए।

यो जितमा ८ अंक बनाएर लुम्बिनी प्ले अफमा पुगेको हो। लुम्बिनीले ७ खेलमा ४ जित र ३ हार सहित लिग चरणको सबै खेल सकाएको छ।

जनकपुरको भने यो छैटौं खेलमा पाँचौं हार हो। उसले मात्र २ अंक बनाएको छ। ६ खेलमा ६ खेल नै जितेको सुदूरपश्चिम १२ अंक सहित अंक तालिकाको शीर्षस्थानमा छ। उसले क्वालिफायर वानमा स्थान सुरक्षित गरिसकेको छ। सुदूरपश्चिमले अब लिग चरणको अन्तिम खेलमा विराटनगर किंग्ससँग खेल्न बाँकी छ।

काठमाडौं गोर्खाजले लिग चरणका सबै ७ खेल खेलिसक्दा ५ मा जित र २ मा हार सहित १० अंक जोडेको छ। उसले प्ले अफमा स्थान सुरक्षित गरिसकेको छ। ६ खेल खेलेर ४ खेलमा जित र दुई खेलमा हार सहित ८ अंक बनाएको विराटनगर पनि प्ले अफमा पुगिसकेको छ।

भोलि दुई खेल हुनेछन्। पहिलो खेलमा सुदुरपश्चिम र विराटनगरबीच खेल हुनेछ। अर्को खेलमा चितवन र पोखरा भिड्ने छन्।

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

Success

Thank you for your time.