default_image

2 years ago

October 16, 2022

अनुमति विनै नवौंमा समावेश प्याराग्लाइडिङले निसिमको ज्यान लियो

प्रकाश तिमल्सिना, पोखरा पोखरा (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ आयोजनाका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (सिएएएन) बाट अनुमति नलिएको खुलेको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले राखेपले प्याराग्लाडिङ आयोजनाका लागि अनुमति नलिएको बताएका छन् । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत आइतबार प्याराग्लाइडिङ प्रतिस्पर्धामा भाग लिने क्रममा आइतबार त्रिभुवन आर्मी क्लबका निसिम […]

91 views

0 Bookmark

प्रकाश तिमल्सिना, पोखरा

पोखरा (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ आयोजनाका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (सिएएएन) बाट अनुमति नलिएको खुलेको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले राखेपले प्याराग्लाडिङ आयोजनाका लागि अनुमति नलिएको बताएका छन् । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत आइतबार प्याराग्लाइडिङ प्रतिस्पर्धामा भाग लिने क्रममा आइतबार त्रिभुवन आर्मी क्लबका निसिम थापाको प्याराग्लाइडिङबाट खसेर मृत्यु भएको थियो । ‘प्याराग्लाइडिङका लागि प्राधिकरणको अनुमति लिनुपर्ने हुन्छ । उहाँहरुले समन्वय नै नगरी थाहा नदिइ खेल समावेश गर्नुभएको रहेछ’, प्रवक्ता निरौलाले भने, ‘अनुमति नलिइकन आयोजना गर्दा दुःखद दुर्घटना भयो । मान्छेको ज्यान गयो । यो त हावामा उड्नुपर्ने चिज हो ।’

प्रवक्ता निरौलाले प्याराग्लाइडिङलाई थप सुरक्षित बनाउनका लागि आजैबाट लागु हुने गरि देशभरका प्याराग्लाडिङ सेवा अर्को निर्णय नभएसम्मका लागि स्थागित गर्ने प्राधिकरणले निर्णय गरेको समेत जानकारी दिएका छन् । आइतबारको घटनाका विषयमा प्राधिकरणको नियमानुसार छानविन हुने पनि प्रवक्ता निरौलाले बताएका छन् ।

आइतबार उडेको केहि मिनेटमै आर्मी क्लबका निसिमको प्याराग्लाइडिङ खसेर मृत्यु भएको थियो । निसिमको मृत्युपछि आयोजक राखेपको निर्देशनमा प्याराग्लाइडिङ प्रतियोगिताका बाँकी खेल अनिश्चितकालका लागि अनिश्चित कालका लागि स्थगित गरिएको नेपाल ह्याङग्लाइडिङ संघका महासचिव शैलेन्द्र राउतले जानकारी दिएका छन् ।

निसमले प्याराग्लाइडिङको पुरुष क्रस कन्ट्री इभेन्टमा भाग लिएका थिए । पोखरा महानगरपालिका १८ सराङकोटमा आइतबार खेल चलिरहेको अवस्थामा आकाशमा उडिरहेको अवस्थामा अकस्मात झण्डै एक सय मिटर माथिबाट जमिनमा खसेको प्रहरीले जनाएको छ । उपचारका लागि मेट्रोसिटी अस्पताल पठाएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भएको घोषणा गरेको कास्की प्रहरी जानकारी दिएको थियो ।

प्याराग्लाङडिङ आयोजनाका लागि प्राधिकरणको अनुमति लिए नलिएको विषयमा बुझ्न खोज्दा राखेप सदस्य सचिव टंकलाल घिसिङ सम्पर्कमा आउन चाहेनन् ।

Success

Thank you for your time.