default_image

3 years ago

October 19, 2022

नवौंको आर्चरीमा गण्डकी च्याम्पियन

1389 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद– गण्डकी प्रदेश नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आर्चरीमा टिम च्याम्पियन बनेको छ । कूल १३ स्पर्धामा भएको प्रतियोगितामा गण्डकी सर्वाधिक ७ स्वर्ण, ४ रजत र १ कास्य पदकसहित १२ पदकका साथ विजेता बनेको हो ।

त्रिभुवन आर्मी क्लबले ३ स्वर्ण, १ रजत र ५ कास्यसहित कुल ९ पदकका साथ दोस्रो भयो । तेस्रो भएको नेपाल एपिएफ क्लबले २ स्वर्ण, ३ रजत र ३ कास्यसहित ८ पदक जित्यो । नेपाल पुलिस क्लबलले १ स्वर्ण, २ रजत र १ कास्य, प्रदेश १ ले २ रजत, सुदूर पश्चिम प्रदेशले १ रजत र २ कास्य, तथा बागमती प्रदेशले १ कास्य पदक जितेको छ । लुम्बिनी प्रदेश र एनआरएनए पदकविहीन रहे । सबै टोलीले सबै विधामा सहभागिता भने जनाएको थिएन ।

अन्तिम दिन बुधबार ६ स्वर्णका लागि भएको खेलमा रिकर्भ मेन व्यक्तिगततर्फ गण्डकीका गंगाबहादुर कुँवरले स्वर्ण जिते । उनले पुलिसका तिलक पुनलाई ७–१ स्कोरले पराजित गरे । एपिएफका विराट थापाले कास्य पदक जिजते । आर्चरीको वरियतामा गंगा पहिलो, तिलक दोस्रो र विराट पाँचौ स्थानमा छन् ।

रिकर्भ वुमेन व्यक्तिगततर्फ गण्डकीकी रोजिना थापा मगरले आर्मीकी मञ्जु बजगाईंलाई ६–२ स्कोरले हराउँदै स्वर्ण पदक जितिन् । आर्मीकै ज्ञानु अवाले कास्य पदक जितिन् । वरियतामा रोजिना दोस्रो र मञ्जु पहिलो र ज्ञानु तेस्रो स्थानमा छिन् ।

कम्पाउण्ड मेन व्यक्तिगततर्फ गण्डकीकै दुई खेलाडी फाइनलमा भिडे । जागृत गुरुङले खेमबहादुर क्षेत्रीलाई १४४–१४२ को झिनो अन्तरले हराउँदै स्वर्ण जिते । सुदूरपश्चिमका सुरेश गुरुङले कास्य तिे । वरियतामा जागृत पहिलो, खेम दोस्रो र सुरेश चौथो स्थामा छन् ।

कम्पाउण्ड वुमेन व्यक्तिगततर्फ पहिलो वरियताकी एपिएफकी पार्षदा आचार्य (एपीएफ) लाई दोस्रो वरियताकी आर्मीकी इमायुङ राईले १३६–१३० ले हराउँदै स्वर्ण पदक जितिन् । एपिएफकी निर्मला कानवाङ राईले कास्य पदक जितिन् ।
स्टान्डर्ड मेन व्यक्तिगततर्फ दोस्रो वरियताका पुलिसका नगेन्द्र आचार्यले स्वर्ण जिते । ¥याङकिङ राउण्डमा पहिलो नम्बरका गण्डकीका दुर्गा घर्ती मगर ६–५ स्कोरले पछि पर्दै रजत पदकमा सिमित भए । बागमतीका फर्माचन शेरचनले कास्य पदक जिते ।

स्टान्डर्ड वुमेन व्यक्तिगततर्फ एपिएफकी सोनु जया राईले प्रदेश १ की योगिता कानवाङलाई ६–४ स्कोरले हराउँदै स्वर्ण जितिन् । आर्मीकी शारदा बिक तेस्रो कास्य पदक प्राप्त गरिन् । वरियतामा शारदा दोस्रो, सोनु तेस्रो र योगिता चौथो स्थानमा छिन् ।

कूल १३ विधाको खेलमा मंगलबार ७ र बुधबार ६ इभेन्टसको नतिजा निस्केको थियो । आर्चरीमा मधेश र कर्णालीबाहेक ५ प्रदेश, ३ विभाग र एनआरएनए गरि ९ टोलीको सहभागिता रहेको थियो । स्टान्डर्ड (३० मिटर), कम्पाउण्ड (५० मिटर) र रिकर्भ (७० मिटर) विधामा पुरुष र महिला एकल, टिम र मिक्समा प्रतिष्पर्धा भएको थियो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद परिषद् गण्डकीका कार्यवाहक सदस्य सचिव घनश्याम पौडैल, नेपाल आर्चरी संघका केन्द्रीय अध्यक्ष दीपकराज गुरुङ लगायतले विजेता खेलाडीलाई पुरस्कृत गरे ।

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

Success

Thank you for your time.