default_image

55 minutes ago

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

250 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ।

इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्।

फाजिलाले ३५ औं मिनेटमा गोल गरेपछि इस्ट बंगालले पहिलो हाफमा १-० को अग्रता बनायो । सुलञ्जनाले ५९ औं र रेस्टीले ६४ औं मिनेटमा गोल गर्दै टोलीलाई ३-० को मजबुत अवस्थामा पुर्याए। फाजिलाले ७२औँ मिनेट दोस्रो गोल थपिन् ।

दोस्रो खेलमा पाकिस्तानको कराची सिटी एफसी र बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीले गोलरहित बराबरीमा खेलेको छ ।

कराचीको यो दोस्रो गोलरहित बराबरी हो। यसअघि कराँचीले‌ पहिलो खेलमा ट्रान्सपोर्टसँग गोलरहित बराबरी खेलेको थियो। नसरिनको यो पहिलो बराबरी हो ।

नसरिन पहिलो खेलमा नेपालको एपिएफ क्लबसँग ४-० ले पराजित भएको थियो। आज एपिएफको‌ खेल थिएन ।

लिग चरणमा सबै टोली एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। च्याम्पियनसिपमा साग ५ राष्ट्रका लिग विजेता क्लबको सहभागिता रहेको छ।‌

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.