default_image

6 years ago

August 29, 2018

एसियाडमा नेपाल पदक विहीन हुनबाट जोगियो, प्याराग्लाइडिङमा रजत पदक

जाकार्ता (हाम्रो खेलकुद)– इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुदमा नेपाल पदकविहीन हुनबाट जोगिएको छ ।  एसियाडको १२औं दिन नेपालले प्याराग्लाइडिङ पुरुष क्रस कन्ट्रीमा रजतपदक जित्न सफल भएको हो । गुनुङ मास पुनकाकमा बुधबार भएको पुरुष टिम क्रस कन्ट्री इभेन्टमा नेपालका सबै खेलाडीले टास्क पूरा गर्दै रजतपदक जित्न सफल भएको हो । नेपाल स्वर्ण विजेता जापानभन्दा २७ […]

39 views

0 Bookmark

जाकार्ता (हाम्रो खेलकुद)– इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुदमा नेपाल पदकविहीन हुनबाट जोगिएको छ ।  एसियाडको १२औं दिन नेपालले प्याराग्लाइडिङ पुरुष क्रस कन्ट्रीमा रजतपदक जित्न सफल भएको हो ।

गुनुङ मास पुनकाकमा बुधबार भएको पुरुष टिम क्रस कन्ट्री इभेन्टमा नेपालका सबै खेलाडीले टास्क पूरा गर्दै रजतपदक जित्न सफल भएको हो । नेपाल स्वर्ण विजेता जापानभन्दा २७ अंकले मात्रै पछि प¥यो । पाँचौ राउन्डको खेल सकिदा नेपालले ११  हजार ३ सय ६४ जोडेको छ । पहिलो स्थानमा रहेको जापानले ११ हजार ३ सय ९१  अंक जोड्यो ।


प्यारग्लाइडिङमा रजत जितसँगै नेपालले एसियाडमा रजतपदक सङ्ख्या दुई पु¥याएको छ । यसअघि तेक्वान्दोकी सविताराज भण्डारीले रजत पदक दिलाएकी थिइन् ।


क्रस कन्ट्रीमा नेपालका सबै खेलाडीले टास्क पूरा गरेका थिए । शीर्ष स्थान रहेको जापानका दुई खेलाडीले टास्क पुरा गर्न सकेनन् । नेपालले यसअघिका एसियाडमा तेक्वान्दो, बक्सिङ र करातेबाट गरी २३ पदक जित्न सफल भएको थियो ।


प्याराग्लाइडिङको टिम क्रस कन्ट्रीमा पाँच खेलाडी हुनेछन् । उनीहरुलाई २५ किलोमिटरको टाक्स दिइएको हुन्छ । हरेक खेलाडीले १००० पूर्णांकको टाक्समा प्रतिस्पर्धा गर्नेछन् । टिममा बिमल अधिकारी, युकेश गुरुङ, विजय गौतम, सुशील गुरुङ र बिशाल थापा छन् ।

Success

Thank you for your time.