default_image

4 years ago

March 19, 2020

‘सागको पुरस्कार प्रक्रिया अघि बढिसक्यो’- खेलकुद मन्त्रालय

काठमाडौं (हाम्रो खेलकुद)– झन्डै ४ महिना अघि सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी, प्रशिक्षक र संघलाई घोषणा गरिएको पुरस्कार राशी उपलब्ध गराउने प्रक्रिया सुरु भइसकेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । १३ औं सागका सम्पन्न भएको भोली पल्ट (मंसिर २५ गते) पदक विजेता खेलाडीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले […]

57 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– झन्डै ४ महिना अघि सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी, प्रशिक्षक र संघलाई घोषणा गरिएको पुरस्कार राशी उपलब्ध गराउने प्रक्रिया सुरु भइसकेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

१३ औं सागका सम्पन्न भएको भोली पल्ट (मंसिर २५ गते) पदक विजेता खेलाडीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवासमा सम्बोधन गर्ने क्रममा पुरस्कार रकम घोषणा गरेका थिए । सोही अनुरुपको प्रक्रिया अघि बढेको र केहि प्रक्रिया पुरा हुन बाँकी रहेको उल्लेख गर्दै मन्त्रालयले विज्ञप्ती जारी गर्दै प्रक्रिया पुरा हुने वित्तिकै रकम सम्बन्धित पदक विजेता खेलाडी, प्रशिक्षक र संघको खातामा पठाइने जनाएको छ ।

पुरस्कार पाउनु पर्ने मध्येका खेलाडी, प्रशिक्षक सहायक प्रशिक्षक, सम्बन्धित खेल संघको बेरुजु वा अन्य रकम बाँकी भए त्यो फर्छौट नहुँदा सम्म पुरस्कार राशी नपाउने विज्ञप्तीमा उल्लेख छ । बेरुजु भएकाले फर्छौट गरेर राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट सिफारिस लिनुपर्नेछ । यस्ता कार्य सम्पन्न भएपनि नगद उपलब्ध गराउने प्रक्रिया अघि बढ्ने मन्त्रालयले उल्लेख गेका छ ।

सागका पदक विजेता ४ सय ३४ खेलाडी, १ सय १० प्रशिक्षक, सहायक प्रशिक्षक र २५ खेल संघलाई बैंक खाता मार्फत पुरस्कार रकम उपलब्ध गराउने प्रष्ट पारेको छ । त्यसका लागि राखेपले सम्बन्धित सबैको खाता नम्बर संकलन समेत गरिरहेको छ । १३ औं सागमा नेपालले ५१ स्वर्ण , ६० रजत र ९५ कास्य पदक जितेको थियो ।

तीन दशक भन्दा लामो साग इतिहासमा नेपालले प्राप्त गरेको यो अहिले सम्मकै सर्वाधिक पदक संख्या हो । पदक तालिकामा नेपाल भारतपछि दोस्रो स्थानमा रहेको थियो । प्रधानमन्त्री ओलीले मंसिर २५ गते आफ्नै निवासमा सम्बोधन गर्ने क्रममा व्यक्तिगत स्पर्धाको स्वर्ण विजेतालाई ९ लाख, रजतलाई ६ लाख र कास्य पदक विजेतालार्य ३ लाख रुपैयाँ दिने घोषणा गरेका थिए ।

त्यस्तै समूहगत स्पर्धाको हकमा भने उनले स्वर्ण पदक विजेता टोलीको सदस्यले जनही ५ लाख प्राप्त गर्ने घोषणा गरेका थिए । उनले रजत र कास्य पदक विजेता टोलीका लागि भने पछि जानकारी दिने बताएका छन् । एक भन्दा बढी स्वर्ण पदक जित्ने खेलाडीका लागि भने प्रत्येक स्वर्ण पदकको ११ लाख रुपैयाँ उपलब्ध गराउने प्रधामन्त्री ओलीले घोषणा गरेका थिए ।

प्रधानमन्त्रीको घोषणा अनुरुप केहि संसोधन सहित कार्यविधि फागुन १२ को मन्त्री परिषद्को बैठकले पास गरिसकेको छ । सोही अनुरुप फागुन २० गते अर्धमन्त्रालयले पुरस्कार रकम खेलकुद मन्त्रालयललाई उपलब्ध गराइसकिएको मन्त्रालयका प्रवक्ता मानबहादुर वीकेद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

Success

Thank you for your time.