default_image

4 years ago

July 22, 2020

सदस्य सचिवका लागि सिलवालसहित ३ जना सिफारिस

काठमाडौं (हाम्रो खेलकुद) — निर्वतमान सदस्य सचिव रमेशकुमार सिलवालसहित ३ जनाको नाम राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नयाँ सदस्य सचिवका लागि सिफारिस भएका छन् । युवा तथा खेलकुद मन्त्रालयका सचिव रामकुमार थपलियाको संयोजकत्वमा रहेको समितिले युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मालाई एक महिलासहित ३ जनाको नाम सिफारिस गरेको छ । सिलवालसहित सिफारिस हुनेमा नेपाल भलिब संघका […]

75 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) — निर्वतमान सदस्य सचिव रमेशकुमार सिलवालसहित ३ जनाको नाम राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नयाँ सदस्य सचिवका लागि सिफारिस भएका छन् ।


युवा तथा खेलकुद मन्त्रालयका सचिव रामकुमार थपलियाको संयोजकत्वमा रहेको समितिले युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मालाई एक महिलासहित ३ जनाको नाम सिफारिस गरेको छ ।

सिलवालसहित सिफारिस हुनेमा नेपाल भलिब संघका पूर्व उपाध्यक्ष लिलबहादुर थापा र महिला राष्ट्रिय टोलीकी पूर्व कप्तान अन्जु श्रेष्ठ छन् । सिफारिस समितिले दिएकै ३ नामलाई मन्त्री विश्वकर्माले क्याबिनेटमा दर्ता गराएका छन् ।

बिहीबार मन्त्री परिषद्को बैठक बसेको खण्डमा त्यहाँबाट नयाँ सदस्य सचिवको नियुक्ती हुने सम्भावना रहेको बताएको छ । सदस्य सचिवका लागि ३ महिलासहित २७ जनाले आवेदन दिएका थिए । सचिव थपलियाको संयोजकत्वमा रहेको सिफरिस समितिमा रिम रानाभाट र इन्दिरा निरौला सदस्य रहेका थिए ।

सिफारिस समितिका सदस्य रानाभाटले कार्ययोजना, खेलकुदमा पुर्याएको योगदान र नेतृत्वदायी भूमिकाका कारण सिफारिस गरिएको बताएको छ । सिलवाल र थापा दुवै नेकपा निकट हुन् । सिलवाल प्रधानमन्त्री केपी ओलीका विश्वास पात्रका रुपमा परिचित छन् ।

ओलीकै चाहनामा सिलवाल गत वर्ष सदस्य सचिवमा नियुक्त भएका थिए । खेलकुद विकास ऐन २०७७ को कार्यान्वयसँगै सिलवालसँगै तत्कालिन पदाधिकारी र सदस्य पदमुक्त भएका थिए । पूर्व नेकपा माओवादीका नेता थापा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल निकटका मानिन्छन् । श्रेष्ठ राजीनितक रुपमा सक्रिय छैनन् ।

छ दशक अघि स्थापना भएको राखेपमा पहिलो पटक खुला आव्हानद्वारा सदस्य सचिव नियुक्ती हुन लागेको हो । यसअघि राखेप सदस्य सचिवको नियुक्ती राजनीतिक आधारमा हुने परम्परा थियो । २०४६ सालपछि जसले खेलकुद मन्त्रालयको नेतृत्व गर्छ त्यहि पार्टीका नेता कार्यकर्तालाई सदस्य सचिव नियुक्त गर्ने परम्परा थियो ।

गत महिना राष्ट्रपति विद्यादेवी भण्डराीबाट प्रमाणीकरण भएको नयाँ ऐनअनुसार राखेपको सदस्यसचिवका लागि पाँचवटा मापदण्ड तोकिएको छ । जसमा नेपाली नागरिक, स्नातक उत्तीर्ण, ३० वर्ष पूरा भएको, कम्तीमा पाँच वर्ष खेलकुदको अनुभव र प्रचलित कानुनले अयोग्य नभएको हुनुपर्ने उल्लेख छ ।

Success

Thank you for your time.