default_image

4 years ago

August 11, 2020

नाम दर्ताका लागि ओलम्पियनलाई एनओसीको आव्हान

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आफु मातहतको नेपाल ओलम्पियन संघलाई क्रियासिल बनाउन पहल सुरु गरेको छ । संघ कार्यसमिति अस्तित्वमा रहेपनि एनओसी आफैले निर्वाचनको प्रयोजनको लागि नाम दर्ता गर्न ओलम्पियनहरुका नाममा बिहीबार सूचना जारी गरेको छ । तत्कालिन उपाध्यक्ष प्रविण तुलाधर कार्यवहाक अध्यक्ष रहेको समितिमा संगिना वैद्य उपाध्यक्ष, पुष्पराज ओझा महासचिव, मुकुन्द […]

34 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आफु मातहतको नेपाल ओलम्पियन संघलाई क्रियासिल बनाउन पहल सुरु गरेको छ । संघ कार्यसमिति अस्तित्वमा रहेपनि एनओसी आफैले निर्वाचनको प्रयोजनको लागि नाम दर्ता गर्न ओलम्पियनहरुका नाममा बिहीबार सूचना जारी गरेको छ ।

तत्कालिन उपाध्यक्ष प्रविण तुलाधर कार्यवहाक अध्यक्ष रहेको समितिमा संगिना वैद्य उपाध्यक्ष, पुष्पराज ओझा महासचिव, मुकुन्द हरि श्रेष्ठ सचिव, कृष्णबहादुर बस्नेत कोषाध्यक्ष तथा विमला रानामगर, नयना शाक्य र ऋषिराम प्रधान सदस्य छन् ।

२०६४ वैशाख १० गते अध्यक्ष सुनिललाल जोशी रहेको ओलम्पियन संघ गठन भएको थियो । २०७४ अषाढ ११ गते तत्कालिन अध्यक्ष जोशीको मृत्यु भएपछि समितिले गत वर्ष जेठ १९ गते तुलाधरलाई कार्यवहाक अध्यक्ष तोकेको थियो ।

संघको कार्यकाल पनि समाप्त भइसकेको र अहिले निष्क्रिय रहेकाले नयाँ निर्वाचनका लागि प्रारम्भिक चरणमा ओलम्पियनको लगत निकाल्न लागिएको एनओसीका कार्यकारी निर्देशक चुतुरानन्द राजवैद्यले बताए । ‘संघमार्फत खेलाडीका लागि काम गर्न सकिने सम्भावना रहन्छ, उनले भने,‘ त्यसका लागि संघ आफै क्रियासिल हुन आवश्यक छ । त्यसैले हामीले यसलाई क्रियासिल बनाउँन प्रयास थालेका हौं ।’

कार्यवहाक अध्यक्ष तुलाधरले आफुसँगको परामर्शमै एनओसीले नाम दर्ताको प्रक्रिया अघि बढाएको जनाए । लामो समयदेखि हामीले सोचे जसरी काम गर्न सकेनौं, उनले भने,‘ अहिले फेरि खेलकुदको नयाँ ऐनमा प्रशिक्षकले धेरै तिर बस्न नपाईने भन्ने पनि आयो । त्यसैले अब नयाँ निर्वाचन गरेर जाँदा बेस हुन्छ । ’

ओलम्पियनहरुको नाम दर्तापछि एनओसीले संघको निर्वाचन गराउनका लागि एउटा समितिलाई जिम्मा लगाउने सम्भावना रहेको उपाध्यक्ष समेत रहेको राजवैद्यले बताए ।

नेपालका लागि ओलम्पिकमा भाग लिने खेलाडी संघको सदस्य हुन पाउँछन् । सन् १९९४ देखि नेपालले ओलम्पिकमा भाग लिएको थियो । पहिलो पटक ओलम्पिकमा नेपालका ६ खेलाडीले भाग लिएका थिए भने पछिल्लो पटक २०१६ को रियो ओलम्पिकमा ७ खेलाडीले सहभागिता जनाएका थिए ।

अहिले सम्ममा नेपालबाट ८५ खेलाडीले भाग लिएको बताइएको छ । ती मध्ये तेक्वान्दो .का संगिना र दीपक विष्टले मात्र छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए । बाँकी सबै खेलाडीले वाइल्ड कार्डमार्फत ओलम्पिकमा देशको प्रतिनिधित्व गरेका थिए ।

संगिनाले २००४ को एथेन्स ओलम्पिक र दीपकले २००८ को बेजिङ ओलम्पिकमा भाग लिएका थिए । ओलम्पियन मध्ये केहि विदेशमा बसोबास गर्दै आएका छन् । केहिको भने मृत्यु भइसकेको एनओसीले जनाएको छ ।

Success

Thank you for your time.