2 years ago
February 17, 2024
पोखरा (हाम्रो खेलकुद ) – केन्याका जुलियस मिरुकी वाहोमले सफल पोखरा म्याराथनको १८ औँ संस्करणको उपाधि जितेका छन्।
पोखरामा शनिबार बिहान भएको म्याराथनमा मिरुकीले निर्धारित ( ४२.१९५ किमी) दुरी २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा पार गर्दै पहिलो स्थान हासिल गरेका हुन् ।
उपाधिसँगै उनले ५ लाख रुपैयाँ प्राप्त गरेका छन्।
दोस्रो र तेस्रो स्थान पनि केन्याका धावकले नै जितेका छन्। नेपालका किरणसिंह बोगटी चौथो बन्न सफल भएका छन्।
केन्याका स्कास किहारा कामीनी दोस्रो भए। उनले निर्धारित दूरी २ घण्टा, २० मिनेट ०५ सेकेण्डमा पार गरे।
तेस्रो भएका एडविन किप्लागट तेस्रो भए। उनले २ घण्टा २० मिनेट ४५ सेकेण्डको समय निकालेका थिए ।

१३ औं दक्षिण एसियाली खेलकुद ( साग) का स्वर्ण पदक विजेता किरणले निर्धारित दुरी २ घण्टा २९ मिनेट ३७ सकेण्डमा पूरा गरेका थिए।
भुतपूर्व खेलाडी मन्च पोखराको आयोजनामा भएको प्रतियोगिताको पुरुष म्याराथनमा १ सय २१ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]