September 17, 2024
नेपालगन्ज (हाम्रो खेलकुद)- दशाैं धारा नेपालगन्ज म्याराथनकाे प्रिइभेन्टका रुपमा हुन लागेको नेपालगन्ज १० किमि नाइट रनको तयारी अन्तिम चरणमा पुगेको छ। नाइट रनमा झण्डै ५० धावकको सहभागिता रहने आयोजकको अनुमान रहेको छ। सोही रनका लागि मंगलवार टिसर्ट सार्वजनिक गरिएको छ । संविधान दिवसका अवसरमा असाेज ३ गते राति हुने दाैडकाे टिसर्ट नेपालगन्ज म्याराथनका संस्थापक निर्देशक […]
September 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)- प्रधान सेनापति ट्रफी-२०८१ को पहिलो दिन आइतवार महिला ८ सय मिटर दौडमा श्री नं.१६ बाहिनी अड्डाकी एन्जिला कार्की विजयी भएकी छिन्। त्यसमा श्री मध्य पूर्वी पृतनाकी करिश्मा पुन दोस्रो र श्री उपत्यका पृतनाकी लिजा लम्तरी मगर तेस्रो भइन्। त्यस्तै पुरुष १५ सय मिटर दौडमा श्री नं.१६ वाहिनी अड्डाका रामचन्द्र बानियाँ विजयी भए। […]
September 15, 2024
नेपालगन्ज (हाम्रो खेलकुद)- धारा नेपालगञ्ज म्याराथनको १० औं संस्करणलाई उत्सवमय बनाउन ‘दशौंमा दश इभेन्ट’ गरिने भएको छ । प्रि–इभेन्टका रुपमा नेपालमै पहिलोपटक नेपालगन्ज १० किमी रात्रीदौड असोज ३ गते राति आयोजना गरेर ‘दशौंमा दश इभेन्ट’ सुरु हुने आयोजक क्रियटिभ ह्याण्ड्सले जनाएको छ । त्यसैगरी रनिङ संस्कृति बढावा दिनका लागि असोज ५ गते शनिवारदेखि हरेक शनिवार […]
August 26, 2024
नेपालगन्ज (हाम्रो खेलकुद)- धारा नेपालगञ्ज म्याराथनको दशक उत्सवअघि ३ असोजमा नेपालमै पहिलोपटक १० किमी नाइट रन आयोजना हुने भएको छ। धारा नेपालगञ्ज म्याराथनको १० औं संस्करणलाई उत्सवमय बनाउन प्रि–इभेन्टका रुपमा नेपालगन्ज १० किमी रात्रीदौड संविधान दिवस असोज ३ गते बिहिबार आयोजना हने बताइएको छ। राति ९ बजे स्थानीय बिपीचोकबाट दौड सुरु हुनेछ । एसोसियसन अफ […]
August 19, 2024
नेपालगन्ज (हाम्रो खेलकुद)- धारा नेपालगन्ज म्याराथनको १० औं संस्करण मंसिर २२ गरे शनिवार आयोजना हुने भएको छ । म्याराथन आयोजक क्रियटिभ ह्याण्ड्सको बोर्ड बैठकले दशौं संस्करणको मिति तय गरेको जनाएको छ । कर्णालीमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुदको काउन्ट डाउन सुरु भएसँगै नेपालगन्ज म्याराथनको मिति केही पछाडि सारिएको बताइएको छ । नेपाल सरकार र तत्कालीन […]
August 11, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पेरिस ओलम्पिक्सको महिला म्याराथन नेपालकी सन्तोषी श्रेष्ठले ७९औं स्थान रहँदै अन्त्य गरेकी छिन्। यो सँगै पेरिस ओलम्पिक्समा नेपालको सबै चुनौती समाप्त भएको छ। सन्तोषीले आइतवार भएको निर्धारित ४२ दशमलव १९५ किलोमिटरको दौड २ घण्टा ५५ मिनेट ०६ सेकेन्डमा पूरा गरिन्। म्याराथनमा कुल ९२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। उनले १२ प्रतिस्पर्धीलाई पछि पारिन्। […]
August 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पेरिस ओलम्पिक्सको अन्तिम दिन आइतबार नेपालकी धाविका सन्तोषी श्रेष्ठले महिला म्याराथनमा प्रतिस्पर्धा गर्दैछिन्। युनिभर्सियालिटी कोटाबाट सन्तोषी पेरिस ओलम्पिक्समा सहभागी भएकी हुन् । सन्तोषी गत १५ गते पेरिस गएकी थिइन्। दश दिन पेरिसमा नै उनले प्रशिक्षण गर्ने मौका पाइन्। त्यहाँको माहोलसँग अभ्यस्त भइन्। कोर्स देखेर हच्किएपनि आज इथियोपियाका तोला तामिरतले ओलम्पिक कीर्तिमानसहित शनिबार […]
June 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीकाद्वय नरेन्द्रसिंह रावत र पूर्णलक्ष्मी न्यौपाने राष्ट्रिय खुल्ला अपहिल केडिसी रनमा शनिबार पहिलो भएका छन् । २१ किलोमिटर दूरीको दौडमा नरेन्द्र पुरुषतर्फ र पूर्णलक्ष्मी महिलामा पहिलो भएका हुन् । नरेन्द्रले निर्धारित दूरी १ घण्टा १९ मिनेट ५१ सेकेन्डमा पूरा गरे । दोश्रो भएका करण रावलले १ घण्टा २१ मिनेट ५५ […]
June 22, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबकी राजपुरा पछाईले राष्ट्रिय खुल्ला महिला हाफ म्याराथन प्रतियोगिताको उपाधि जितेकी छिन् । राजपुरा १ घण्टा १९ मिनेटमा दौड पूरा गर्दै उपाधि जितेकी हुन् । पुलिसकै राममाया बुढा दोस्रो भइन् । १ घण्टा २३ मिनेट १० सेकेण्डमा दौड पूरा गरकी थिइन्।नेपाल एपिएफ क्लब पुष्पा भण्डारी तेस्रो भइन्। १ घण्टा २५ […]
May 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबकी राजपुरा पछाईं र त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले १२ औं कान्तिपुर हाफ म्याराथनको उपाधि जितेका छन् । राजपुराले लगातार तेस्रो पटक उपाधि जितेर ह्याट्रिक गर्दा दीपक पहिलो पटक विजेता बनेका हुन् । महिलातर्फ राजपुराले १ घण्टा २२ मिनेट २५ सेकेन्डको टाइमिङ निकाल्दै उपाधि जितिन् । गत वर्ष उनी […]