default_image

2 years ago

April 5, 2024

चौथो मन्जुश्री ट्रेल रेस सुरू, ४० विदेशी सहित ३ सय बढी सहभागी

337 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- चौथो मन्जुश्री ट्रेल रेस सुरू भएको छ । इचंगुनारायण स्थित सिंगल ट्रिबाट सय माइलको दौड शुक्रबार बिहान ८:०० बजे सुरू भएको हो ।

शनिबारसम्म विभिन्न चरणको रेसमा नेपाल सहित १६ मुलुकका ३ सय २४ धावक सहभागी छन् । जसमा ४० जना विदेशी धावक छन् । यस्तै २ सय ८९ जना महिला र ३५ जना पुरुष धावक छन् । विभिन्न चरण मध्ये सय माइलको दौडमा ४ महिला सहित १८ धावक सहभागी छन् ।

यो संस्करणमा नेपाल, चीन, सिंगापुर, बेलायत, डेनमार्क, इण्डिया, बेलारुस, इण्डोनेसियाका धावकहरू सहभागी भएको रेसका अध्यक्ष सुवास थापाले जानकारी दिए ।

१ सय माइलको यस रेसमा धावकहरू प्रिया राई, मसफुमी यमाटो, मन कुमार रोका मगर, अर्जुन कुलुङ राई, निक पिलापिल, सोफी सरन्या महाकनोक लगायत सहभागी रहेको बताइएको छ । अन्तर्राष्ट्रिय ट्रेल रेसकी एमसी सोफीले पनि यस रेसमा सहभागीता जनाएकी छिन् ।

धावकहरूले काठमाडौं उपत्यका वरिपरीका सातवटा प्रमुख चुचुराहरू जामाचो, शिवपुरी, नगरकोट, फूल्चोकी, चम्पादेवी, भस्मासुर र चन्द्रागिरि हुँदै १ सय माइल दूरी पार गर्नेछन् ।

‘यो रेस सगरमाथाको भन्दा बढी उचाइ गेन गरिने रेस हो ।’ एसिया ट्रेल मास्टर च्याम्पियन रसिला तामाङले भनिन् ‘सय माइलको मञ्जुश्री ट्रेल रेस पार गर्दा विभिन्न चुचुरा चड्ने र झर्ने गरेर १२ हजार ६ सय ९५ मिटरको उचाई गेन गरिन्छ ।’

यस्तै आजै राति ८ बजे एक सय किलोमिटरको दौड झुलेबाट, भोलि शनिबार बिहान ७ बजे ५० किलोमिटरको दौड बडिखेलबाट र मञ्जुश्री ट्रेल रेससँग आबद्ध ट्रेलमाण्डुको ३० किलोमिटरको केभिआर स्टेज रेस शनिबार बिहान ८ बजे फर्पिङको डोल्लुबाट सुरू हुने बताइएको छ।

यो ट्रेलमाण्डुको ५ स्टेज रेसको फाइनल खेल हो । यसमा १ सय जना धावक सहभागी हुँदैछन् । त्यसैगरी शनिबार कालुपाँडे डाँडाबाट १० किमिको रेस सुरू भइ सिंगल ट्रिमै सकिने अध्यक्ष थापाले जानकारी दिए । अध्यक्ष थापाका अनुसार, यो संस्करणलाई एसिया ट्रेल मास्टर्सको छनोट खेलका रुपमा समेत मान्यता रहेको छ ।

एसिया ट्रेल मास्टर्स हङकङमा कुआइ स्पोर्ट्स प्रमोसन लिमिटेडद्वारा व्यवस्थित एसियामा ट्रेल दौडको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सिरिज हो । एसिया ट्रेल मास्टर्स पारदर्शी र सजिलो पोइन्ट प्रणालीमा आधारित वार्षिक च्याम्पियनसिप कार्यक्रम पनि हो । यसका साथै ग्रान्डमास्टर क्वेस्ट मार्फत सबै बर्गका धावकहरूलाई समान अवसर दिइन्छ ।

गत वर्ष तेस्रो संस्करणमा मञ्जुश्री ट्रेल रेसमा ६७ जना नेपाली र २१ जना विदेशी गरी जम्मा ८८ जना धावकले भाग लिएका थिए ।

आयोजकका अनुसार यस रेस अन्तर्गत प्रत्येक सिजन ‘एटिएम फाइनल’ सँगै समाप्त हुन्छ जसमा अन्तिम विजेतालाई सम्मानित गरिन्छ । स्थापनाको आठौँ वर्षमा १२ देखि १५ वटा सम्म एसियाली मुलुकहरूमा ३० खेलको आयोजना हुनेछ । यसमध्येका थाइल्याण्ड, मलेसिया, जापान, भियतनाम र हङकङमा हुने रेस मुख्य रेस हुन् ।

पौराणिक कथन अनुसार मञ्जुश्री नामक भिक्षुले काठमाडौंमा अवस्थित पोखरीमा जम्मा भएको पानीलाई निकास दिन, विभिन्न डाँडा घुमेर हेरेको थिए । यसै विश्वासलाई आधार मानेर यस रेसको परिकल्पना तथा नामाङ्कन गरिएको हो । सेतो र पहेलो रङले चिह्न लगाइएको यस ट्रेलमा अहिले हाइकिङ तथा साइक्लिङ समेत हुने गरेको छ ।

धावकहरू भने जंगल, खोला, खेत र केही गाउँहरू हुँदै दौडन्छन् । लगभग ७० प्रतिशत दौड वन-जंगल र गोरेटो बाटोमा हुने ट्रेलमाण्डुका सह सँस्थापक आशिष मिश्रले बताए ।

अध्यक्ष थापाका अनुसार रेसलाई थप समावेशी बनाउन शनिबार २ किलोमिटरको विशेष रेस समेत आयोजना हुँदै छ । जसमा भिन्न रुपले सबल बाल-बालिकाहरूको रेस पनि आयोजना हुनेछ । नेपाल डाउन सिन्ड्रोम सोसाइटीसँगको सहकार्यमा सो रेसको आयोजना हुन लागेको हो । यसमा २० खेलाडी सहभागी हुँदैछन् ।

१ सय माइल यस लामो दौड नेपालकै सबैभन्दा लामो तथा ठुलो संख्यामा सहभागिता रहने दौड पनि हो । यसमा धावकहरूलाई सहज बनाउनको लागी जम्मा १९ वटा चेक प्वाईन्ट उपलब्ध राखिएको बताइएको छ।
त्यस्तै तीन स्थानमा आराम निम्ति बासस्थानको पनि व्यवस्था गरिएको छ ।

ईमर्जेन्सी अवस्थालाई मध्यनजर राखि सबै चेक प्वाईन्टहरूमा आधारभूत तालिम प्राप्त मेडिकल टिम राखिनुको साथै एम्वुलेन्स तथा अस्पतालहरूसँग पनि समन्वय गरिएको अध्यक्ष थापाले जानकारी दिए । यसका लागि ट्रेलमाण्डुसँग सहकार्य गरिएको उनले बताए ।

विश्व चर्चित धावक लिजी हकर, सेथ ओल्पिन र रोजर हेन्केनले पहिलोपटक सन् २०१५ मा यो रूटको परिकल्पना गरेका थिए । त्यसपश्चात उनीहरूले सन् १०१६ मा यो रूट छिचोले ।

फ्रान्सस्थित विश्वभरका ट्रेल रेस आयोजकहरूको छाता संस्था इन्टरनेशनल ट्रेल रनिङ एसोसिएसन (आइटिआरए) र विश्वव्यापी रूपमा ट्रेल धावकहरूको स्तर मूल्याङ्कन तथा निर्धारण गर्ने संस्था युटिएमबिको सम्बन्धन प्राप्त भएकाले मञ्जुश्री ट्रेल रेसलाई अन्तर्राष्ट्रिय स्तरमा विशेष महत्वका साथ हेरेको अध्यक्ष थापा बताउँछन् ।

उनले भने,’आइटिआरएको मापदण्ड अनुसारको ‘मञ्जुश्री ट्रेल रेस’ पूरा गर्ने सहभागीले आइटिआरएबाट ६ अंक प्राप्त गर्छन् जुन आइटिआरएमा सम्बन्धित न्यूनतम योग्यता गणना हुने अन्तर्राष्ट्रिय ट्रेल रेसमा मान्य हुनेछ ।’

अध्यक्ष थापाका अनुसार, १ सय ७० किलोमिटर रेसको विजेताले ६० हजार, दोस्रोले ४० हजार र तेस्रोले २० हजार रुपैयाँसँगै मेडल र प्रमाणपत्र पाउनेछन् । १ सय किलोमिटर रेसको‌ विजेता ४० हजार , दोस्रोले २५ हजार र तेस्रोले १५ हजार रुपैयाँसँगै मेडल र प्रमाणपत्र पाउनेछन् ।

५० किलोमिटर रेसमा विजेता ३० हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार रुपैयाँसँगै मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै ट्रेलमाण्डुको केभिआर १ सय स्टेज रेसको विजेताले २० हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार रुपैयाँसँगै मेडल र प्रमाणपत्र पाउनेछन् ।

साथै यस संस्करणमा थपिएको नयाँ विशेष आयाम तथा खेलाडिहरूको लागी प्रोत्साहन मञ्जुश्री ट्रेल रेसका १ सय माइल, १ सय किमि र ५० किमिका खेलको पाँचौँ स्थान भित्र आउने खेलाडीले स्वत एसिया ट्रेल मास्टर्समा क्वालिफाइ हुनेछन् ।

राष्ट्रिय खेलकुद परिषदमा हालै दर्ता भएको नेपाल एडभेञ्चर रनिङ महासंघबाट रेसलाई सहयोग रहेको बताइएको छ।

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.