2 years ago
April 6, 2024
लुम्बिनी (हाम्रो खेलकुद)- तीर्थ पुनले शनिबार लुम्बिनी पिस म्याराथनको उपाधि जितेका छन् । रुपन्देहीको लुम्बिनीमा भएको म्याराथनमा तीर्थले दुरी २ घण्टा २० मिनेट ४९ सेकेन्डमा पूरा गरे ।
खड्ग बहादुर खड्का २ घण्टा २० मिनेट ५७ सेकेन्डमा निर्धारित दूरी पार गर्दै दोस्रो बने । दुर्गा बहादुर बुढा तेस्रो बने । उनले निर्धारित दुरी २ घण्टा २२ मिनेट २७ सेकेन्डमा पार गरे । तीर्थले ५ लाख, खड्गले ३ लाख र दुर्गाले २ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

त्यस्तै लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको महिला हाफ म्याराथन सन्तोषी श्रेष्ठले जितेकी छिन्।
सन्तोषीले २१ किमिको दूरी १ घन्टा १८ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै दोश्रो सस्करणको लुम्बिनी पिस म्याराथनको महिला हाफ म्याराथनको उपाधि जितेकी हुन् ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषीले चैत १० गते काठमाडौंमा प्रोटिन म्याराथनको हाफ म्याराथनको उपाधि जितेकी थिइन्।
त्रिभुवन आर्मी क्लबकी पूर्ण राज्य लक्ष्मी न्यौपाने दोस्रो र एपिएफकी पुष्पा भण्डारी तेस्रो भइन् ।
पूर्ण राज्यले १ घन्टा १९ मिनेट २१ सेकेण्ड र पुष्पाले १ घन्टा २५ मिनेट १४ सेकेन्डमा दौड पूरा गरेकी हुन्।
सन्तोषीले २ लाख, पूर्णले १ लाख ६० हजार र पुष्पाले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
खुला ५ किलोमिटर पुरुषतर्फ नागेश्वर ऐर विजयी भए ।, अक्कल बहादुर पाल दोस्रो र गणेश सिंह राउत तेस्रो भए । ५ किलोमिटर दौडको महिला तर्फ सिर्जना पाण्डे विजयी भइन्। आशा राउत दोस्रो र निर्मला केसी तेस्रो भइन् ।
त्यस्तै, ५ किलोमिटरको विद्यालय छात्रा तर्फ अरुणा चौधरी पहिलो, कुसुम ठगुना दोस्रो र भुमा चौधरी तेस्रो भइन् । छात्रतर्फ उमेश बराई विजयी भए भने सन्देश पाण्डे दोस्रो र आशिष कुमार क्षेत्रीले तेस्रो भए ।

५ किलोमिटरको सबै विधाका विजेताले १५, प्रथम, दोस्रोले १० र तेस्रोले ५ हजार रुपैंयाँ प्राप्त गरे ।
नेपाल ओलम्पिक कमिटी (एनओसी ) का अध्यक्ष जिवनराम श्रेष्ठ, चिनियां राजदुत चेन सोङ, लुम्बिनी विकास कोषका सदस्य सचिव शानुराजा शाक्य, नेपाल पर्यटन बोर्डका सदस्य सचिव मणि लामिछाने र प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, एनओसीका महासचिव निलेन्द्र राज श्रेष्ठले विजेता खेलाडीलाई पुरस्कृत गरे।
म्याराथन, हाफ म्याराथन तथा ५ किमि दौडको सुरु तथा अन्त्य लुम्बिनी स्कवायरमा भएको थियो । विकास र शान्तिको लागि अन्तर्राष्ट्रिय खेलकुद दिवसको दिन अप्रिल ६ को अवसरमा एनओसीको मुल आयोजना तथा नेपाल स्थित चिनिया दुतावास, लुम्बिनी बिकास कोष, नेपाल पर्यटन बोर्ड तथा लुम्बिनी प्रदेश खेलकुद परिषदको सहकार्यमा प्रतियोगिता भएको हो ।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]