default_image

2 years ago

April 22, 2024

बुटवलमा हाफ म्याराथन र रोड रेस हुने

473 views

0 Bookmark

सुमन अधिकारी,बुटवल

बुटवलमा जेठको पहिलो साता खुल्ला पुरुष हाफ म्याराथन तथा विद्यालय तथा कलेजस्तरिय रोड रेस प्रतियोगिता आयोजना हुने भएको छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा मदन भण्डारीको ३१ औं स्मृति दिवसका अवसरमा जेठ ३ गते हुन लागेको सोमबार बुटवलमा पत्रकार सम्मेलनमा मार्फत जानकारी गराइएको छ।

एकेडेमीले गत बर्ष गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा खेलकुद दिवसको अवसर पारेर यहि प्रतियोगिता आयोजना गरेको थियो ।

प्रतियोगितामा हाफ म्याराथन २१ किलोमिटर (खुल्ला पुरुष), रोड रेस(दौड) १० किलोमिटर कलेज स्तरीय पुरुष, ५ किलोमिटर दौड (विद्यालयस्तरिय छात्र) तथा ३ किलोमिटर दौड (विद्यालयस्तरिय छात्रा) र १ सय मिटर दौड (१० बर्ष मुनि छात्रछात्रा) हुनेले एकेडेमीले जनाएको छ । जेष्ठ नागरिक(६० वर्षमाथि) हरुलाई वाकाथन समेत आयोजना गरिने बताइएको छ ।

प्रतियोगिताको खुला पुरुष हाफ म्याराथनको उपाधि विजेताले १ लाख, दोस्रोले ले ७५ हजार, तेस्रोलर ५० हजार, चौथौले ३० हजार, पाचौंले २० हजार, छैटौंले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसैगरि कलेजस्तरीय १० किलोमिटर छात्र दौडमा प्रथम, द्धितिय, तृतिय गरि क्रमश छैटौसम्म विजेताले ३५, दोस्रोले २५, तेस्रोले १५, चौथोले १०, पाँचौंले ७ र छैटौंले ५ हजार रुपैयाँ पाउनेछन् ।

विद्यालय छात्रमा विजेताले २० हजार, दोस्रोले १५ हजार, तेस्रो १२ , चौथोले १० , पाँचौंले ७ र ५ हजार रुपैयाँ पाउनेछन् ।

छात्रा ३ किलोमिटर दौडको भने प्रथमदेखि छैटौंसम्म क्रमशः १५ हजार, १० हजार, ७ हजार, ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा करिब ४० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

एकेडेमीका केन्द्रिय अध्यक्ष ध्रुव आचार्यले बालकदेखि वृद्धसम्म जोड्ने गरि खेलकुद गतिविधिलाई एकेडेमीले गर्दै आएको बताउदै राष्ट्र निमार्ण र लोकतान्त्रिक आन्दोलनमा योगदान गरेका नेताहरुको सम्मानमा खेलकुद प्रतियोगिता आयोजना गर्ने बताए ।

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.