default_image

1 year ago

December 7, 2024

खडकले जिते धारा नेपालगन्ज म्याराथनको उपाधि

1464 views

0 Bookmark

नेपालगन्ज ( हाम्रो खेलकुद) – दसौं धारा नेपालगन्ज म्याराथनको उपाधि नेपाली सेनाका खडकबहादुर खड्काले जितेका छन् ।

४२ दशमलव १९५ किलोमिटरको दौड शनिवार २ घण्टा १७ मिनेट ४८ सेकेण्डमा पूरा गर्दै खडकले उपाधि जितेका हुन् ।

म्याराथनमा नेपाली सेनाकै राजन रोकाया दोस्रो र सुशील कुमार तस्रो भए । खडक गत संस्करणका उपविजेता र आठौं संस्करणका विजेता हुन् ।

दोस्रो भएका राजनले २ घण्टा १७ मिनेट ५३ सेकेण्डमा निर्धारित दूरी पार गरे । सुशीलले २ घण्टा २१ मिनेट ४५ सेकेण्डमा दौड पूरा गरे । खडकले २ लाख, राजनले १ लाख र सुशीलले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

खडक र राजनले नेपालगन्ज म्याराथनको कोर्सको कीर्तिमान पनि तोडेका छन् । खडकले आफूले पहिलोपटक आठौं स्थान प्राप्त गरेर अघि बढ्दा अहिले दोस्रो पटक च्याम्पियन बन्न सफल भएको खुसी व्यक्त गरे।

म्याराथनमा सन्तोषविक्रम शाही चौथो, रुद्र बुढाथोकी पाँचौं, मानकर्ण केसी छैटौं, निर्मल कुँवर सातौं, खेमबहादुर शाही आठौं, भरतकुमार श्रेष्ठ नवौं र ६७ वर्षका मंगलबहादुर तामाङ्ग दसौं भए ।

उनीहरुले क्रमशः २५ , १५, १०,८, ७, ६ र ५ हजार रुपैयाँ प्राप्त गरे ।म्याराथन कोर्स नेपालगन्ज उपमहानगरपालिकाको गेटबाट सुरु भई कोहलपुर नगरपालिकादेखि ४ किलोमिटर उत्तर बानियाभार पुगेर सोही रुट भई सुरुवाती बिन्दुमा पुगेर समापन भएको थियो ।

सन्तोषी चौथो पटक च्याम्पियन

नेपालगन्ज महिला हाफ म्याराथनको उपाधि लगातार चौथो पटक धादिङकी सन्तोषी श्रेष्ठले जितेकी छन् ।
एपिएफकी पुष्पा भण्डारी दोस्रो र विमला कार्की तेस्रो भएका छन् ।

सन्तोषीले ७५, पुष्पाले ५० र विमलाले २५ हजार रुपैयाँ प्राप्त गरिन्। सन्तोषीले १घण्टा १७ मिनेट ३० सेकेण्डमा कोर्स पूरा गरिन् ।

पुष्पाले निर्धारित दूरी १ घण्टा १९ मिनेट १२ सेकेन्डमा पूरा गरिन् । विमलाले १ घण्टा ४९ मिनेट १५ सेकेन्ड र चौथो भएकी स्वस्तिका शाहीले निर्धारित दूरी एक घण्टा ५२ मिनेट ३४ सेकेन्डमा पूरा गरेकी थिइन् ।

पुरुषतर्फ म्याराथन र महिलातर्फ हाफ म्याराथनसहित ५ किमी स्कुलस्तरीय छात्र एवं छात्रा, किड्स रन, ५ किमी कर्पोरेट रन, ५ किमी ट्राइसाइकल र ५ किमी वाकाथन लगायतका विधाहरु समावेश गरिएको थियो ।

स्कुल बाह्यतर्फ छात्रमा विकास विक प्रथम, अजय पाण्डे क्षेत्री दोस्रो र रमेश बुढा तेस्रो भए । स्कुल बाँके छात्रतर्फ अर्विन यादव पहिलो, अमृत शाही दोस्रो र विजय खड्का तेस्रो भए ।

यसैगरी किड्स रन बोइजतर्फ पाँच सय मिटरमा राजन थारु पहिलो, नारायण साउद दोस्रो र अरुण खटिक‌ तेस्रो भए ।

किड्स रन गल्र्स्तर्फ मीनाक्षी साउद पहिलो, पुजन विराट दोस्रो र अन्जली सेजुवाल तेस्रो भइन्। यसैगरी कर्पोरेट रनतर्फ योगेश मल्ल पहिलो, डा. आरके लामिछाने दोस्रो र मधु सुनार तेस्रो भए । ट्राइसाइकलतर्फ राजेश हरिजन प्रथम र मीनकुमारी नेपाली दोस्रो भए ।

सरकार र तत्कालीन विद्रोही माओवादीबीच ५ मंसिर २०६३ मा भएको विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष मंसिरको पहिलो शनिबार हुँदै आएको धारा नेपालगन्ज म्याराथन यस बर्ष मंसिर २२ गते आयोजना गरिएको म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले जानकारी दिए ।

दशक रत्न सम्मान

नेपालगन्ज म्याराथन आयोजक संस्था क्रियटिभ ह्याण्ड्सले म्यारमथनलाई सुरुवातदेखि निरन्तर सहयोग गर्दै आएका व्यक्ति तथा संस्थाहरुलाई दशक रत्न सम्मानले सम्मानित गरेको छ ।

म्याराथन दश वर्षमा पुगेका अवसरमा उक्त सम्मान अर्पण गरिएको अध्यक्ष ठकुरीले जानकारी दिए । म्याराथनलाई निरन्तर मुख्य प्रायोजन गर्दै आएको केएल दुगड ग्रुपका सिईओ प्रदीप छाजेड, एञ्जल्स स्कुलका प्रिन्सिपल ७५ बर्षिया बीना मल्ल, ब्राइटल्याण्ड कलेजका प्रिन्सिपल विजय लामा, कान्तिपुर टिभीका सिईओ शिशिर पछाई, नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, प्याब्सन बाँके, दैनिक नेपालन्जका प्रधान सम्पादक झलक गैरेलगायतलाई प्रदान गरिएको हो ।

म्याराथन समपान कार्यक्रममै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई नागरिक अभिनन्दन पत्र पनि अर्पण गरिएको थियो ।

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.