6 months ago
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हेरिटेज २५ किलोमिटर रेसको उपाधि केन्याका जुलियस म्युरुकी र नेपालकी सन्तोषी श्रेष्ठले जितेका छन्।
२५ किलोमिटर पुरुषतर्फ केन्याका जुलियस म्युरुकीले १ घण्टा १६ मिनेट ४८ सेकन्डमा दूरी तय गर्दै उपाधि जिते। त्रिभुवन आर्मी क्लबका विनोद रोकाया दोस्रो भए । उनले १ घण्टा १७ मिनेट ११ सेकेन्डमा रेस पूरा गरे। १ घण्टा १८ मिनेट ५१ सेकेन्डको समयमा सुशील केसी तेस्रो भए।
महिलातर्फ नेपालकी गोल्डेन रनर सन्तोषी सफल रहिन्। सुरुवात देखि अग्रता बनाएकी उनले १ घण्टा ३१ मिनेट ४३ सेकेन्डको टाइमिङमा पहिलो स्थान प्राप्त गरिन्।
आर्मीकी नीशा सार्की दोस्रो भइन्। उनले १ घन्टा ३२ मिनेट ३१ सेकेन्डमा दूरी तय गरिन्। एपिएफकी पुष्पा भण्डारी तेस्रो भइन्। उनले १ घण्टा ३८ मिनेट ०९ सेकेन्डमा दूरी तय गरिन्। महिला र पुरुष दुवैतर्फ विजेताले १ लाख, दोस्रोले ५० हजार र तेस्रो २५ हजार रुपैयाँ प्राप्त गरे।
५ किलोमिटर अन्तर्गत यु-१८ पुरूषमा अजय पाण्डे क्षेत्री पहिलो भए। उनले १७ मिनेट १२ सेकेन्डमा दौड सकाए। १७ मिनेट ४४ सेकेन्डमा दूरी तय गरेका सन्दीप सेन्चुरी दोस्रो हुँदा अमृत विश्वकर्मा तेस्रो भए। उनले १८ मिनेट १३ सेकेन्डको टाइमिङ निकाले।
यु-१८ महिलामा २१ मिनेट ४७. ६६ सेकेन्डको टाइमिङमा अस्मिता भुजेल पहिलो भइन् । भगवती खड्का दोस्रो र आयुष्मा आचार्य तेस्रो भए।
भगवतीले २२ मिनेट २७.८७ सेकेन्डमा र आयुष्माले २३ मिनेट ३०. ७८ सेकेन्डको टाइमिङमा रेस सकाएका थिए।
५ किलोमिटर भेट्रान पुरुषमा धर्म महर्जन पहिलो भए। उनले १८ मिनेट ३१ मिनेट ३१. १५ सेकेन्डको टाइमिङमा उपाधि जित्न सफल भए। लेप्सङ तामाङ दोस्रो र राम चन्द्र श्रेष्ठ तेस्रो भए।
५ किलोमिटर भेट्रान महिलामा २६ मिनेट १९. ७९ सेकेन्डमा शर्मिला बस्नेतले पहिलो स्थान प्राप्त गरिन्। कल्पना महर्जन दोस्रो र केशरी थापा मगर गुरुङ तेस्रो भए। कल्पनाले २२ मिनेट २७.८७ सेकेन्डमा र केशरीले २३ मिनेट ३०.७९ सेकेन्डमा दौड पूरा गरिन्।
५ किलोमिटर यु-१८ र भेट्रान दुवैतर्फको विजेताले १० हजार, दोस्रोले ६ हजार र तेस्रोले ३ हजार रुपैयाँ प्राप्त गरे।
२५ किलोमिटरको रेस दशरथ रंगशालाबाट सुरु भएर कुपण्डोल, पाटन कृष्ण मन्दिर, ग्वार्को, तीनकुने एयरपोर्ट, गौशाला, कालोपुल, कमलपोखरी, हाक्तीसार, लैनचौेर, स्वयम्भु ताहाचल, वसन्तपुर हुँदै दशरथ रंगशालामा टुंगिएको थियो।
राष्ट्रिय खेलकुद परिषद्का टंकलाल घिसिङ, एम्सका अध्यक्ष पाको बोराओलगायतले विजेता खेलाडीलाई पुरस्कृत गरे।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]