default_image

6 months ago

June 8, 2025

अदित्य र गौरीलाई स्वर्ण पदक

1004 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशका अदित्य यादव र सुदूरपश्चिम प्रदेशकी गौरीकुमारी साउदले यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत एथलेटिक्सको १ सय मिटर दौड स्वर्ण जितेका छन् ।

आइतवार सुरु भएको प्रतियोगितामा आदित्य छात्र तथा गौरी छात्रामा पहिलो भएका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अदित्यले निर्धारित दूरी ११.६ सेकेन्डमा पूरा गरे । कर्णाली प्रदेशका सुरेन्द्र परियारले रजत तथा कोशी प्रदेशका अंकित ताजपुरीयाले कांस्य पदक जिते ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भइरहेको प्रतियोगितामा गौरीले निर्धारित दूरी तय गर्न १४.६ सेकेन्ड समय खर्चिन् । कर्णालीकी गोमा शाहीले रजत तथा कोशीकी प्रकृति काफ्लेले कांस्य पदक प्राप्त गरे ।

छात्र ४ सय मिटर दौडमा गण्डकी प्रदेशका आयन राना पहिलो भए । उनले ५५.६ सेकेन्डमा दौड सकाए । सुदूरपश्चिमका रोहित धामी दोश्रो तथा कोशीका प्रियान्शु शाह तेश्रो भए ।

सोही स्पर्धाको छात्रामा कर्णालीकी सुष्मा बुढा ६९.३ सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहिन् । गण्डकीकी आराध्या चालिसे दोश्रो तथा बागमती प्रदेशीकी शिल्भी नागा तेश्रो बने ।

छात्र लङजम्पमा कर्णालीका सुरेन्द्र सुनार पहिलो भए । उनले ५.९८ मिटर जम्प गरे । कोशीका नितेश गच्छदार दोश्रो तथा सुदूरपश्चिमका मोहन परियार तेश्रो भए । उक्त स्पर्धाको छात्रामा ४.१७ मिटर जम्प गरेकी लुम्बिनीकी अनुजा थारु चौधरी पहिलो बनिन् । कर्णालीकी करुणा चन्द दोश्रो तथा कोशीकी प्रकृति काफ्ले तेश्रो भए ।

जम्मा १२ स्पर्धा समावेश एथलेटिक्सको पहिलो दिन ६ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा कर्णालीले २ स्वर्ण जितेको छ । सुदूरपश्चिम, गण्डकी, मधेश र लुम्बिनीले समान १–१ स्वर्ण जितेका छन् । ३ दिनसम्म चल्ने प्रतियोगितामा ६ खेल समावेश छन्।

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.