default_image

6 months ago

June 10, 2025

वीर गणेशमान सिंह १० किमि दौड अर्को महिना

568 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- वीर गणेशमान सिंह १० किमि दौडको पाँचौं संस्करण अर्को महिना आयोजना हुने भएको छ।

आयोजक वीर गणेशमान सिंह स्पोर्टस कमिटीले मंगलवार पत्रकार सम्मेलनमा गर्दै असार १४ गते प्रतियोगिता हुने जानकारी दिएको छ ।

दरबारमार्गस्थित शेर्पा मलबाट सुरु हुने दौड भद्रकाली, रत्नपार्क, जमल, दरबारमार्ग, केशर महल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, बालुवाटार, नक्साल, जय नेपाल हल हुँदै सोही ठाउँ पुगेर टुंगिने छ ।

नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोग रहने दौडमा महिला र पुरुष दुवैतर्फका विजेताले ६० हजार रुपैयाँ पाउनेछन्। यसैगरी दोस्रोले ३०, तेस्रोले १५, चौथोले १० र पाँचौं स्थान हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।  

प्रतियोगितामा ४ सय ५० भन्दाबढि खेलाडीले सहभागिता जनाउने आयोजक समितिका संयोजक सञ्जिव तुलाधरले जानकारी दिए । कोर्ष रेर्कड कायम गर्ने पहिलो खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

१० किमि दौडमा महिलातर्फ नेपाल पुलिस क्लबकी राजपुरा पछाईको ३६ मिनेट ४३.२ सेकेन्ड र पुरुषतर्फ एपिएफका गोपीचन्द्र पार्कीको ३१ मिनेट ११.४ सेकेण्डको कोर्ष रेर्कड छ।

December 3, 2025

सन्तोषीले भ्यालेन्सिया म्याराथनमा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]

November 22, 2025

खडकलाई ११ औं नेपालगन्ज म्याराथन उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]

November 11, 2025

मानन्धर, श्रेष्ठ र गुरुङलाई सम्मानित

सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]

Success

Thank you for your time.