6 months ago
June 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पाँचौ वीर गणेशमान सिंह १० किलोमिटर (टेन के) दौडको तयारी पूरा बताइएको छ ।
गणेशमान सिंह फाउन्डेसन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा शनिवार दौड हुँदैछ।
बिहान ७ बजे एडिडास शो रुमबाट दरवारमार्गबाट सुरु हुने दौड भद्रकाली, रत्नपार्क, जमल, दरबारमार्ग, केशर महल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, बालुवाटार, नक्साल, जय नेपाल हल हुँदै पुनः दरवारमार्ग पुगेर टुंगिनेछ।
महिला र पुरुष तर्फ हुने दौडमा ३ वटा विभागीय टोली, विभिन्न संघ संस्था, स्कुल, कलेज, केहि विदेशी खेलाडी गरि झन्डै ५ सय खेलाडीको सहभागिता रहनेछ ।
१० कि.मि. दौडमा महिला तथा पुरुषका विजेताले समान ६० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पांचौले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
दौडमा १० कि.मि.को कोर्स रेर्कड कायम गर्ने पहिलो खेलाडीलाई थप १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको उद्घाटन र पुरस्कार वितरण उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले गर्ने आयोजकले जनाएको छ।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]