6 months ago
June 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठ र राजन रोकाययाले पाँचौं वीर गणेशमान सिंह १० किलोमिटर दौड (टेन के) को उपाधि जितेका छन्।
आज बिहान भएको दौडको पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका खेलाडीको वर्चस्व रह्यो। आर्मीका खेलाडीले शीर्ष तीन स्थान हात पारे।
विजेता राजनले ३१ मिनेट २२. ३ सेकेन्डको टाइमिङमा दौड सकाए। खड्ग बहादुर खड्का दोस्रो भए। उनले ३१ मिनेट ३५.८ सेकेन्डमा दौड पूरा गरे। ३२ मिनेट १२.८ सेकेन्डको टाइमिङमा मुकेश बहादुर पाल तेस्रो भए।
महिलातर्फ नेपाली एथलेटिक्सकी गोल्डेन गर्ल सन्तोषी श्र सफल रहिन्। पहिलो स्थान प्राप्त गर्ने क्रममा उनले ३८ मिनेट ०३. ६ सेकेन्डमा दौड पूरा गरिन्।

आर्मीकी पूर्ण लक्ष्मी न्यौपाने दोस्रो र एपिएफकी आशा रावत तेस्रो भए। पूर्ण लक्ष्मीले ३९ मिनेट १९.९ सेकेन्डमा र आशाले ४० मिनेट २७ सेकेन्डमा निर्धारित दूरी तय गरिन् ।
१० कि.मि. दौडमा महिला तथा पुरुषका विजेताले समान ६० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
दौड एडिडास शो रुम दरवारमार्गबाट सुरु भएर भद्रकाली, रत्नपार्क, जमल, केशर महल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, बालुवाटार, नक्साल, जय नेपाल हल हुँदै पुनः दरबारमार्ग पुगेर टुङ्गिएको थियो।
गणेशमान सिंह फाउन्डेसन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा सम्पन्न दौडमा करिब ५ सय जनाको सहभागिता थियो।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]