6 months ago
June 28, 2025
दाङ (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबकी निशा सार्की र सन्जय श्रेष्ठले प्रथम लुम्बिनी रोड रेसको उपाधि जितेका छन् ।
लुम्बिनी खेलकुद परिषदको आयोजनामा शनिवार
दाङको घोराही भएको १० किलोमिटर रोड रेसमा सन्जयले ३१ मिनेट ३०.४८ सेकेन्डमा पूरा गर्दै पुरुषतर्फ च्याम्पियन बनेका हुन्।
३१ मिनेट ३९.१४ सेकेन्डका साथ आर्मीकै नरेन्द्र रावत दोस्रो भए । नेपाल पुलिस क्लबका नागेश्वर यादवले तेस्रो भए। नागेश्वरले ३१ मिनेट ४५.१९ दूरी पार गरे ।
महिलातर्फकी विजेता निशाले निर्धारित दूरी ३७ मिनेट ४०.४७ सेकेन्डमा पूरा गरिन् । एपिएफकी पुष्पा भण्डारीले ३८ मिनेट १९.६३ सेकेन्ड ६३ मा दूरी पूरा गर्दै दोस्रो बनिन् ।
एपिएफकै दिपा परियार ३९ मिनेट २१.१८ सेकेन्ड समयका साथ तेस्रो भइन् । दुवैतर्फको विजेताले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार रुपैयाँ प्राप्त गरे।
लुम्बिनी रोड रेसलाई आगामी वर्षमा पनि निरन्तरता दिइने लुम्बिनी खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतमले जानकारी दिए ।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]