default_image

6 months ago

June 28, 2025

विकेश र रन्जुलाई दौड उपाधि

410 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं महानगरपालिका वडा नं.४ ले शनिवार बालुवाटारमा आयोजित दौड प्रतियोगितामा विकेश घिमिरे र रन्जु शाह विजयी भएका छन् । उनीहरुले दौडको मुख्य स्पर्धा ५ किलोमिटर खुलातर्फ सफलता हात पारेका हुन् ।

विकेशले २१ मिनेट २९ सेकेन्डमा दौड पूरा गर्दै पुरुषतर्फ पहिलो स्थान प्राप्त गरे। अभिनाश राई २१ मिनेट ३६ सेकेन्डसहित दोस्रोमा रहे । अमृत गुरुङ २२ मिनेट ११ सेकेन्डमा दूरी पार गर्दै तेस्रो भए ।

महिलातर्फ ३५ मिनेट ५६ सेकेन्डमा ५ किमि दौड पूरा गर्दै रन्जुले सफलता प्राप्त गरिन् । यो स्पर्धामा अनुश्री प्रधानांगा ३६ मिनेट २३ सेकेन्डसहित दोस्रो र मन्जु थापा ३९ मिनेट ३५ सेकेन्डका साथ तेस्रो भइन् ।

विद्यार्थी (३ किमि) तर्फ छात्रमा राजेश शाही पहिलो, राहुल तिरुवा दोस्रो र सुमन तामाङ तेस्रो भए । छात्रातर्फ अनिता बुढामगर पहिलो, महिमा राई दोस्रो र तृनिशा आचार्यले तेस्रो भइन् ।

भेट्रानतर्फ पनि ३ किमिको दूरीमा प्रतिस्पर्धा भएको थियो, जसमा पुरुषतर्फ शिवजी श्रेष्ठ पहिलो, मिलन ढकाल दोस्रो र सुधांशु केसी तेस्रो भए । महिलातर्फ शान्ता ढकाल पहिलो, लक्ष्मी लम्साल दोस्रो र तिला खनाल तेस्रो भइन् ।

काठमाडौं महानगरपालिका वडा नं.४ का वडाअध्यक्ष दिनेश महर्जनकाअनुसार तेस्रोपल्ट आयोजित दौडमा ३ सय बढी सहभागि भए ।

उनले भने, ‘हाम्रो वडाबासी स्वस्थ रहोस् भनेर सुरु गरिएको दौड प्रतियोगिता बर्षेनी राम्रो भइरहेको छ, अर्को वर्ष थप उत्कृष्ट बनाउँदै उत्सवकै भव्य तवरले आयोजना गर्नेछौं ।’ उनीसहित जनप्रतिनिधिहरूले विजेता खेलाडीलाई पुरस्कृत गरे।

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.