3 years ago
September 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले हारका साथ साबा महिला बास्केटबल च्याम्पियनसिपको सुरुवात गरेको छ । आइतबार राती आयोजक माल्दिभ्सदसँगको खेल नेपालले ५१–४७ ले गुमाएको छ ।

पहिलो दुई क्वार्टरमा पछि परेको नेपालले तेस्रो क्वार्टरमा पुगेर अग्रता बनाएको थियो । अन्तिम क्वार्टरमा पुनः पछि पर्दै नेपालले पहिलो खेल गुमाएको हो । पहिलो क्वार्टरमा नेपाल १४–१६ ले पछि परेको थियो ।
पहिलो क्वाटरमा १४–१६ ले पछि परेको नेपालले दोस्रो क्वाटरमा १०–९ को अग्रता लिदै खेललाई २४–२५ को स्थितिमा ल्याएको थियो । तेस्रो क्वाटरमा १२–९ ले अग्रता लिएपछि नेपालले चौथो क्वाटरअघि ३६–३४ ले अघि रह्यो । तर, निर्णायक क्वाटरमा लय गुमाएको नेपाल ११–१७ ले पछि परेपछि ४७–५१ ले खेल गुमाउन पुग्यो ।
खेल अवधिभर विपक्षी खेलाडीमाथि फाउल खेलेका नेपाली खेलाडीको आक्रमण पनि कमजोर रहेको थियो । घरेलु समर्थकका बीच हतोत्साही देखिएको नेपाली टोलीले पहिलो खेल गुमाएपछि फाइनल खेल्ने लक्ष्यमा धक्का लागेको छ । अघिल्लो संस्करणमा नेपालले माल्दिभ्सलाई ७७–३६ ले हराएको थियो ।

दक्षिण एसियाका ४ राष्ट्रको सहभागिता रहने च्याम्पियनसिपमा नेपालले दोस्रो खेल असोज ११ गते श्रीलंकासँग र राउन्ड रोविनको अन्तिम खेल भुटानसँग असोज १२ गते खेल्नेछ ।
सदिना श्रेष्ठको कप्तानीमा रहेको टोलीको प्रशिक्षकमा विकास शाही र व्यवस्थापकमा निरञ्जन सत्याल छन् । केहि साता अघि खेल पोशाक र सामाग्री उत्पादक कम्पनी लि निङले नेपाली राष्ट्रिय बास्केटबल टोलीलाई प्रायोजन गरेको थियो । यसपटक राष्ट्रिय लि निङकै जर्सी प्रयोग गर्नेछ ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]