4 weeks ago
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबले
हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ ।
लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो ।
सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन गेटले पुनरागमन गरेको थियो ।
दोस्रो क्वाटर गोल्डेनगेटले १९-१४ ले आफ्नो पक्षमा पारेपनि हाफ टाईमसम्म टाईम्सले नै ३४-२७ को अग्रता बनाएको थियो ।
तेसो क्क्वाटर २६-२१ ले आफ्नो पक्षमा पारेपछि टाईम्सले अन्तिम क्वाटरअघि ६०-४८ को अग्रता बनाएको थियो ।
चौथो तथा अन्तिम क्वाटर निकै रोमाञ्चक बन्यो । चौथो क्वाटरमा गोल्डेनगेटले फेरि पुनरागमन गर्दै २४-२० ले आफ्नो पक्षमा पारेको थियो । तर टाइम्सलाई रोक्न सकेन र ८ अंक अन्तरले च्याम्पियन बन्यो ।
यसअघि लिग चरणमा पहिलो खेलमै टाईम्सले गोल्डेनगेटलाई पराजित गरेको थियो भने त्यसपछि दोस्रो चरणमा गोल्डेन गेटले टाइम्सलाई हराएर बदला लिएको थियो ।
च्याम्पियन टाइम्सले ट्रफी सहित २ लाख रुपैयाँ प्राप्त गर्यो । गोल्डेनगेटले १ लाख तथा तेस्रो भएको हाउण्ड्सले ५० हजार रुपैयाँ प्राप्त गर्यो । प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेअर हाउण्ड्सका विजय बुर्जा घोषित भए ।
लिग चरणमा शीर्ष दुई स्थानमा रहेर गोल्डेनगेट र टाइम्सले फाइनलमा स्थान बनाएका थिए ।
आजै तेस्रो स्थानको लागि भएको खेलमा हाउण्ड्स एकेडेमीले कीर्तिपुरलाई ८०-७५ ले पराजित गर्यो । हाउण्ड्सले पहिलो क्वाटरमा २२-१३ को अग्रता बनाएको थियो ।
कीर्तिपुरले दोस्रो क्वाटर २२-१९ र तेस्रो क्वाटर २२-२० ले आफ्नो पक्षमा पारेको थियो । तर अन्तिम क्वाटरअघि हाउण्ड्स ६१-५७ ले अघि थियो । चौथो क्वाटर १९-१८ ले आफ्नो पक्षमा पार्दै हाउण्ड्सले खेल जितेको हो ।
यस्तै फाइनलअघि सेलेब्रेटी र ईन्ट्रपेनरबीच म्याच भएको थियो । जसमा ईन्ट्रपेनरले सेलेब्रेटी टिमलाई २३-२१ ले हरायो ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजना तथा हिमालयन जाभाको मुख्य प्रायोजनमा भएको लिगमा ६ टोलीले सहभागिता जनाएका थिए ।
पहिलो पटक विकेण्ड कन्सेप्टमा आयोजना गरिएको लिग डबल राउण्ड रोविनको आधारमा खेलाइएको थियो ।
पहिलो संस्करण सफलपूर्वक सम्पन्न भएको र आगामी संस्करणमा अझ परिस्कृत गर्दै लैजाने नेबा अध्यक्ष भिमसिंह गुरुङले बताए ।
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]
June 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा आज टाइम्स बास्केटबल क्लब र रोयल विजयी भएको छ । कीर्तिपुर कभर्डहलमा भएको खेलमा टाइम्सले सामाखुशी युथ क्लबलाई ९७-७३ ले पराजित गर्यो । जितपछि ९ खेलबाट १५ अंक जोडेको टाइम्सले फाइनल पुग्ने सम्भावनालाई कायम राखेको छ। एक खेल कम खेलेको गोल्डेनगेट र हाउण्ड्स एकेडेमीको पनि समान […]