2 weeks ago
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ ।
शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ ।
हाउण्ड् यसअघि पहिलो चरणमा बेहोरेको हारको बदला समेत लिएको टाइम्सले हाउण्ड्स समान नै १७ अंक जोडेको थियो । दुवैले १० मध्ये समान ७ खेल जित्दा ३ खेलमा हार ब्यहोरेको थियो ।
यसअघि हाउण्ड्सले टाइम्सलाई ७५–७१ ले पराजित गरेको थियो भने आजको खेलमा टाइम्स २५ अंक अन्तरले विजयी भयो । दुई टिमको अंक बराबर भएको अवस्थामा हेड टु हेडमा धेरै अंक जोडेकोले टाइम्सले बाजी मारेको हो ।
हाउण्ड्स भने अधिकांश समयम लिगको शीर्ष स्थानमा रहेपनि अन्तिम दुई खेलमा लगातार हारपछि अभागी बन्दै फाइनल पुग्न सकेन । यसअघि हाउण्ड्स गोल्डेनगेटसँग पराजित भएको थियो ।
कीर्तिपुर कभर्डहलमा भएको खेलमा हाउण्ड्स टाइम्स विरुद्ध पहिलो क्वाटरमा २०–१९ को झिनो अग्रता लिएको थियो । तर दोस्रो क्वाटरमा पुनरागमन गर्दै ३१–२७ ले आफ्नो पक्षमा पारेपछि हाफटाइसम्म टाइम्सले ५०–४७ को अग्रता बनायो ।
तेस्रो क्वाटर टाइम्सले २१–१४ ले आफ्नो पक्षमा पारेपछि अन्तिम क्वाटरअघि नै ७१–६१ को अग्रता बनाएको थियो ।
चौथो तथा अन्तिम क्वाटर टाइम्सले एकपक्षिय रुपमा २१–६ ले आफ्नो पक्षमा पारेपछि पराकिलो जित हात पारेको हो । टाइम्सका मबिन्द्र भण्डारी मोस्ट भ्यालुएबल प्लेअर घोषित भए ।
टाइम्सका लागि मनिष केसीले सर्वाधिक २७ अंक स्कोर गरे । हाउण्ड्सका सिमोन गुरुङले १७ अंक स्कोर गरे ।
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा आज टाइम्स बास्केटबल क्लब र रोयल विजयी भएको छ । कीर्तिपुर कभर्डहलमा भएको खेलमा टाइम्सले सामाखुशी युथ क्लबलाई ९७-७३ ले पराजित गर्यो । जितपछि ९ खेलबाट १५ अंक जोडेको टाइम्सले फाइनल पुग्ने सम्भावनालाई कायम राखेको छ। एक खेल कम खेलेको गोल्डेनगेट र हाउण्ड्स एकेडेमीको पनि समान […]
May 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गोल्डेनगेट बास्केटबल क्लबले हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा चौथो जित हात पारेको छ । कीर्तिपुर कभर्डहलमा बुधवार भएको एक मात्र खेलमा गोल्डेनगेटले रोयल्सलाई ८२-७४ ले पराजित गरेको हो ।चौथो जितपछि गोल्डेगेटले ५ खेलबाट शीर्ष स्थानको हाउण्ड्स समान ९ अंक जोडेको छ । रोयल्सको यो तेस्रो हार हो । ५ खेलबाट ७ […]