default_image

1 month ago

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

767 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ ।

योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ।

यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा हाउण्ड्स एकेडेमीसँग खेल्नेछ । शीर्ष दुईमा रहेका गोल्डेनगेट बास्केटबल क्लब र टाइम्स बास्केटबल क्लबले फाइनल खेल्नेछ ।

लिगमा १० खेलबाट कीर्तिपुर र रोयलले समान १३ अंक जोडेपनि हेड टु हेडमा कीर्तिपुर अघि रहेको हो । यसअघि लिगमा रोयलले कीर्तिपुरले ९९-९६ अंकले पराजित गरेको थियो ।

कीर्तिपुर कभर्डहलमा भएको खेलमा कीर्तिपुरले रोयल विरुद्ध पहिलो क्वाटरमा २७-२२ को अग्रता बनाएको थियो । दोस्रो क्वाटर रोयलले २२-२१ ले आफ्नो पक्षमा पारेपछि हाफटाइमसम्म कीर्तिपुर  ४८-४४ ले अघि रह्यो ।

तेस्रो क्वाटर २७-२१ ले आफ्नो पक्षमा पारेपछि कीर्तिपुरले ७५-६५ को अग्रता बनायो । चौथो तथा अन्तिम क्वाटर रोयलले २२-१८ ले आफ्नो पक्षमा पारेको थियो । तर कीर्तिपुरलाई जितबाट रोक्न सकेन ।
कीर्तिपुरका निश्चल महर्जन मोस्ट भ्यालुएबल प्लेअर घोषित भए ।

रोयलका लागि प्रसाङ मास्केले सर्वाधिक ३४ अंक जोडेपनि जितका लागि पर्याप्त भएन । कीर्तिपुरका सयुन राईले २६ अंक स्कोर गरे ।
फाइनल र तेस्रो स्थानको खेल असार ७ गते हुने नेपाल बास्केटबल संघले जनाएको छ ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

June 3, 2025

एचजेबिएलमा टाइम्स र रोयलको जित

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा आज टाइम्स बास्केटबल क्लब र रोयल विजयी भएको छ । कीर्तिपुर कभर्डहलमा भएको खेलमा टाइम्सले सामाखुशी युथ क्लबलाई ९७-७३ ले पराजित गर्यो । जितपछि ९ खेलबाट १५ अंक जोडेको टाइम्सले फाइनल पुग्ने सम्भावनालाई कायम राखेको छ। एक खेल कम खेलेको गोल्डेनगेट र हाउण्ड्स एकेडेमीको पनि समान […]

Success

Thank you for your time.