default_image

2 years ago

September 25, 2023

रेडियन्टलाई  पुष्पसदन कप बास्केटबलमा दोहोरो उपाधि

654 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)– रेडियन्ट पब्लिक बोर्डिङ स्कुलले आइतबार  तेस्रो पुष्पसदन कप काठमाडौं उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा दोहोरो उपाधि  जितेको छ ।

सिनियर र जुनियर ब्वाईजतर्फ दुबैमा रेडियन्टले ब्राईट होराईजन स्कूललाई हराउँदै उपाधि जितेको हो । गल्र्स थ्री बाइ थ्री बास्केटबलको उपाधि भने स्वर्णीम शिक्षा सदन स्कुलले जितेको छ ।

सिनियर ब्वाईजको फाइनलमा रेडियन्टले ब्राईट होराईजनलाई ६५–५० ले हरायो छ । वर्षाका कारण फाइनल खेल कीर्तिपुर कर्भडहलमा खेलाइएको थियो ।
रेडियन्टका लमिक योञ्जनले सर्वाधिक २९ स्कोर गरे

पुष्पसदन स्कूलको बास्केटबल कोर्टमा जुनियर ब्वाईजतर्फको फाइनलमा ब्राईट होराईजनलाई ३९-२० ले हराउँदै रेडियन्टले उपाधि जितेको हो ।

गल्र्स थ्री बाइ थ्री बास्केटबलको उपाधिका लागि स्वर्णीम शिक्षा सदनले  राराहिललाई हराएको हो । गर्ल्समा २४  टोली सहभागी थिए ।


प्रतियोगितामा जुनियर ब्वाईजतर्फ जनसेवा माविका लुजा मर्हजन, सिनियर ब्वाईजमा एलएका लक्की मर्हजन र गल्र्समा एभिएमकी अनुश्री ढुङ्गानाले इमर्जिङ प्लेयर चुनिए  ।

जुनियर ब्वाईजमा रेडियन्टका विधान कार्की , सिनियर ब्वाईजमा रेडियन्टकै लमिक योञ्जन र गल्र्समा  स्वर्णीमकी अरिभाना तरामु मोस्ट भ्यालुएबल प्लेयर बने ।

फेयर प्ले टिमको पुरस्कार जुनियर ब्वाईजतर्फ निसर्ग बाटिका स्कूलले, सिनियरतर्फ मंगल माध्यमिक स्कूलले  र गल्र्स तर्फ हिलटाउन इन्टरनेसनल स्कुलले प्राप्त गर्यो।
कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मी पष्पसदनका संस्थापक अध्यक्ष महेश श्रेष्ठलगायतले प्रतियोगिताको विजेता तथा उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे ।

भदौ २९ गतेदेखि सुरु प्रतियोगितामा उपत्यकाका  २५  विद्यालयहको सहभागिता थियो ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.