2 years ago
October 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स इन्टरनेसनल कलेजले राष्ट्रिय बास्केटबल लिग (एनबिएल) ले लगातार तेस्रो जित हासिल गरेको छ । टाइम्सले बुढानिलकण्ठ बास्केटबल क्लबलाई १०२–८१ स्कोरमा हराउँदै टाइम्सले तेस्रो जित दर्ता गराएको हो ।

सुरुवाती क्वार्टरबाटै अग्रता बनाएको टाइम्स मध्यान्तरसम्म ५४–४० अगाडि थियो । सो खेलमा टाइम्सका मबिन्द्र भण्डारी म्यान अफ दी म्याच बने । उनले २६ स्कोर गरेका थिए । राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान एवंक गोलकिपर उपेन्द्रमान सिंहले मबिन्द्रलाई चेक हस्तान्तरण गरेका थिए ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा जारी प्रतियोगितामा बुधबार भएको पहिलो खेलमा कीर्तिपुर बास्केटबल क्लब विजयी भएको थियो । रोमान्चक खेलमा कीर्तिपुरले हड्सन एकडेमीलाई ८१–७९ को झिनो अन्तरले हराएको थियो ।
दोस्रोको हाफको समाप्तीसम्म खेलमा कीर्तिपुर ४७–३७ ले अगाडि थियो । त्यसपछिको खेल भने निकै रोचक रह्यो । तेस्रो क्वार्टरमा कीर्तिपुरले १२ स्कोर गर्दा हड्सनले २९ स्कोर गर्दै समग्रमा ६६–५९ को अग्रता बनाएको थियो ।

चौथो तथा अन्तिम क्वार्टरमा पुनः कीर्तिपुर हाबी रह्यो । जसमा हड्सनले १३ स्कोर गर्दा कीर्तिपुरले २२ स्कोर थपेर समग्रमा २ अंकको अन्तरमा नतिजा आफ्नो पक्षमा पारेको थियो । २५ स्कोर गरेका जयदीप खेलको म्यान अफ दी म्याच घोषित गरे ।
नेपाल बास्केटबल संघ र डिजिफ्लाइको सहकार्यमा हुने सिंगल राउन्ड रोबिनको एनबिएलमा ८ टोली सहभागी छन् । असोज २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधि सहित ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]